चेस्टर ली स्ट्रीट (ईंग्ल्याण्ड): आयोजक ईंग्ल्याण्डले वर्षा वाधित तेस्रो वनडे इण्टरनेशनल क्रिकेटर म्याचमा अष्ट्रेलियाविरुद्ध डकवर्थ लुईस पद्धतिद्वारा ४६ रनले जीत हासिल गऱ्यो। पहिलो दुईवटा म्याच हारेको हुनाले ईंग्ल्याण्डको निम्ति ५ वटा म्याचको सीरीजमा जीवित रहन तेस्रो म्याच जित्नु जरूरी थियो अनि मुश्किल परिस्थितिमा ह्यारी ब्रूकको शतकले टीम म्याच जित्न सफल भयो। चेस्टर ली स्ट्रीटको रिवरसाइड ग्राउण्डमा खेलिएको म्याचमा पहिला ब्याटिंग गर्दै अष्ट्रेलियाले ५० ओभरमा ७ विकेट गुमाएर ३०४ रन बनायो। त्यसपछि जीतको निम्ति ३०५ रनको लक्ष्यलाई अघि राखेर ब्याटिंग गर्ने ईंग्ल्याण्डले ३७.४ ओभरमा ४ विकेटमा २५४ रन बनाउँदा वर्षा शुरु भयो अनि खेल हुन सकेन। डकवर्थ लुइस पद्धतिअनुसार त्यस समय ईंग्ल्याण्ड लक्ष्यभन्दा ४६ रन अघि रहेको हुनाले आयोजक टीमलाई विजेता घोषित गरियो। ह्यारी ब्रूकले ९४ बल खेलेर अविजित ११० रन बनाए, जुन उनको वनडे इण्टरनेशनलमा पहिलो शतक हो। उनले १३ वटा चौका र २ वटा छक्का लगाए। ब्रूक बाहेक ईंग्ल्याण्डको तर्फबाट विल ज्याकले पनि ८४ रनको महत्त्वपूर्ण ईनिंग्स खेले।
चुनौतीपूर्ण लक्ष्यलाई पीछा गर्दै ईंग्ल्याण्डको शुरुवात असल रहेन अनि तेस्रो ओभरमा ११ रनको स्कोरसम्म दुवै ओपनर आउट भइसकेका थिए। यसमा फिल सल्टले शून्य र बेन डकेटले ८ रन बनाए। खराब शुरुवातपछि ज्याक र ब्रूकले मिलेर ईंग्ल्याण्डको ईनिंग्सलाई सम्हाले। यी दुईजनाले आत्मविश्वासको साथ खेल्दै तेस्रो विकेटको निम्ति १५६ रनको पार्टनरशीप गरे। ज्याकले ८२ बल खेलेर ९ वटा चौका र एउटा छक्का लगाए। क्यामरन ग्रीनले ज्याकलाई आउट गरी पार्टनरशीप तोड़ेपछि ईंग्ल्याण्डले विकेटकीपर जेमी स्मिथ (७)-लाई पनि चाँड़ै गुमायो। यसरी १९७ रनमा ४ विकेटको पतनपछि ब्रूकले लियम लिविंगस्टोनसँग मिलेर वर्षाले गर्दा खेल रोकिँदासम्म क्रीजमा डटेर लड़ाइँ गरे। लिविंगस्टोनले ३ वटा छक्का र २ वटा चौकाको साथ २० बल खेलेर अविजित ३३ रन बनाए। यसअघि टस हारेर पहिला ब्याटिंग गर्ने अष्ट्रेलियाको पनि शुरुवात खराब रह्यो अनि ४७ रनको स्कोरसम्म दुईजना ओपनर म्याथ्यू शर्ट (१४ रन) र कप्तान मिचेल मार्श (२४ रन) आउट भइसकेका थिए। त्यहाँबाट स्टीव स्मिथले क्यामरन ग्रीन (४२ रन)-सँग मिलेर तेस्रो विकेटको निम्ति ८४ रनको पार्टनरशीप गरे। स्मिथले ८२ बल खेलेर ५ वटा चौकाको साथ ६० रन बनाए। अष्ट्रेलियाले पछिबाट ग्रीन र स्मिथको साथमा मार्नस लाबुशेन (शून्य रन)-को विकेट भटाभट गुमायो। यसरी एक समय स्कोर ५ विकेटमा १७२ रन रहेको थियो। त्यहाँबाट एलेक्स केरीले जिम्मेवारीको साथ खेल्दै टीमलाई ३०४-को स्कोरसम्म पुऱ्याए। केरीले ६५ बल खेलेर ७ वटा चौका र एउटा छक्काको साथ अविजित ७७ रन बनाए। अन्तिम ओभरहरूमा उनलाई असल साथ दिने ग्लेन म्याक्सवेल (३० रन) र आरोन हार्डी (४४ रन)-ले तेजीको साथ रन बनाए। म्याक्सवेलले २५ बल खेलेर ५ वटा चौका लगाए। यसरी हार्डीले २६ बल खेलेर ३ वटा चौका र २ वटा छक्का लगाए। ईंग्ल्याण्डका बलरहरूमा जोफ्रा आर्चरले सर्वाधिक २ विकेट लिए।