सिलगढी: उत्तर बंगालमा राजनीतिक रुपले पीडित पार्टी समर्थकहरूको समर्थनमा भाजपाले आवाज उठाएको छ। यसै सन्दर्भमा भाजपा प्रदेश अध्यक्ष तथा केन्द्रीय मन्त्री सुकान्त मजुमदारको उपस्थितिमा आज सिलगढीको बागाजतिन पार्कबाट पीडितहरूलाई न्यायको माग गर्दै विशाल र्याली निकालियो।










