सेमिफाइनलमा पुग्न सफल अपेक्षा फूटबल क्लब

photocollage_2024924231613636

रोङचोङ: प्रगति युवा संघ गेम्स एण्ड स्पोर्ट्स कमिटी, रोङचोङको तत्त्वावधानमा आयोजित डी.बी. योगी स्मृति च्यालेञ्ज कप फूटबल टुर्नामेण्टमा मंगलवार दोस्रो क्वार्टर फाइनल म्याच खेलियो। लोहापुल (एनएच १०) नजिक रोङचोङ पब्लिक ग्राउण्डमा आज भएको म्याचमा अपेक्षा फूटबल क्लब (सेवोक)-ले युनाइटेड कामजेटविरुद्ध २-०-ले जीत हासिल गऱ्यो। विजेता टीमबाट दुवै गोल रिषिले गरे। उनले ५०औं र ६०औं मिनटमा गोल गरे। यस टुर्नामेण्टमा जम्मा ३२ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको फाइनल म्याच २ अक्टोबरमा खेलिनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

Advertisement