कोलम्बो: चीनको जासुसी जहाज युआन वाङ ५ लाई स्वीकृति दिएर भारतलाई ‘धोखा’ दिने श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घेले अन्ततः तीतो सत्य स्वीकार गरेका छन्। उनले हिन्द महासागरमा सुरक्षा दिने एकमात्र वास्तविक दाता भारत भएको बताए। विक्रमासिङ्घेले हिन्द महासागरमा वर्चस्वको लडाइँलाई हामीले अहिलेसम्म टाढै राखेको तर अहिले सन्तुलन कायम राख्न निकै गाह्रो भइरहेको बताएका छन्। उनले महाशक्तिहरूबीचको शक्ति प्रदर्शनको अर्को स्थान हिन्द महासागर हुनसक्ने चिन्ता व्यक्त गरे। यसअघि भारत र अमेरिकाले गरिब श्रीलंकालाई चिनियाँ जासुसी जहाजलाई स्वीकृति नदिन आग्रह गरे पनि रणिल विक्रमासिङ्घेको सरकारले ड्र्यागनको दबाबमा झुकेर पुनः हम्बनटोटामा बस्न स्वीकृति दिएको थियो।
रनिल विक्रमासिङ्घेले अमेरिकी पत्रिका इकोनोमिस्टसँगको कुराकानीमा ताइवान संकटलाई औंल्याउँदै भने, ‘न्यान्सी पेलोसीले आफ्नै संकट सिर्जना गरिन्।‘ यो भ्रमणपछि चीन नराम्ररी आक्रोशित भएको छ र उसले ताइवानको वरिपरि चौतर्फी चालबाजी गरिरहेको छ। श्रीलंकाका राष्ट्रपतिले भने, ‘हामी ताइवान जस्तो यहाँ केही होस् भन्ने चाहँदैनौं। हामी भारतलाई यस क्षेत्रको वास्तविक सुरक्षा बल मान्छौं। यसपछि अन्य देशहरू यहाँ रहन सक्छन् जबसम्म तिनीहरूको उपस्थितिले विभिन्न देशहरू बीच तनाव वा प्रतिस्पर्धा उत्पन्न गर्दैनl’