कालचिनी ब्लकको मेचपाडा चिया बगानका मजदुरले बोनस माग गर्दै गरे विरोध प्रदर्शन

Capture5-13

कालचिनी: बोनसको माग गर्दै चियाबारीमा मजदुर विरोध प्रदर्शन गरेका छन्। मंगलबार पनि डुवर्सका विभिन्न चिया बगानमा गेट मिटिंग गरेर मजदुर आन्दोलनमा सामेल भएका थिए ।कालचिनी ब्लकको मेचपाडा चिया बगानका मजदुर काममा नगएर गेट मिटिंगमा सहभागी भएको बताइएको छ। मेचपाडा चिया बगान डुवर्सको उत्कृष्ट चिया बगानका रुपमा चिनिने मेचपाडा चिया बगानका मजदुरहरु बताउँछन्। तर बोनस बैठकमा यसपटक मेचपाडा चिया बगानका मजदुरलाई १६ प्रतिशत बोनस दिने निर्णय भएको छ। पछि श्रमिकलाई १५ प्रतिशत बोनस दिने भनिएको थियो। त्यसपछि मजदुर आन्दोलनमा उत्रिए। १६ प्रतिशत बोनसको माग गर्दै आन्दोलन जारी रहने मजदुरहरुले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement