सिलगढी: पुलिसले खोरीबारी पानी ट्यांकी क्षेत्रबाट लागुऔषधसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। अभियुक्तबाट ८९ ग्राम ब्राउन सुगर बरामद भएको छ। पक्राउ परेका युवकको नाम राजीव वाल्मीकि बताइएको छ भने उनी सिलगढीको गेटबजार इलाकाका निवासी हुन्। गोप्य स्रोतबाट सूचना पाएपछि प्रहरीले गए राति खोरीबारीको पानीट्यांकी गौरसिङ जोत ओभरब्रिज क्षेत्रमा छापा मारेर ८९ ग्राम ब्राउन सुगर बरामद गरी युवकलाई पक्राउ गरेको छ। बरामद ब्राउन सुगरको बजार मूल्य ५० हजार रुपियाँ रहेको छ। पक्राउ परेका युवकलाई आज सिलगढी महकुमा अदालतमा पेश गरियो। पुलिसले सम्पूर्ण विषयमा अनुसन्धान गरिरहेको छ।










