सिलगढी: सिलगढी पुलिस कमिश्नरेटको प्रधान नगर थानाको पुलिसले सिलगढीमा लुटपाटको घटनालाई कार्यान्वयन गर्नु अघि नै असफल बनाउँदै ६ जनालाई हतियारसहित पक्राउ गरेको छ। हिमाचल कालोनी क्षेत्रमा रहेको रेलवे क्वार्टरमा ठूलो संख्यामा जम्मा भएको जानकारी पुलिसले अबेर राति पाएको थियो। प्रधाननगर पुलिस चौकी अन्तर्गतको यो रेलवे क्वार्टरमा कोही पनि बस्दैनन्। सूचना पाएलगत्तै पुलिस सक्रिय भयो र टोली रेलवे क्वार्टरतर्फ अघि बढ्यो। तर, पुलिस देखेपछि उनीहरू भाग्न थाले। तर यसका बाबजुद पनि पुलिसले ६ जनालाई पक्राउ गर्न सफल भए। उनीहरुको साथबाट लुटपाटमा काम लाग्ने धेरै हतियार बरामद भएको छ। पक्राउ पर्नेमा बिट्टु खान, सुनिल मल्लिक, रवि चक्रवर्ती, राजेश चक्रवर्ती, पवन विश्वकर्मा र पंकज सिंहको नाम रहेको छ। पक्राउ परेकाहरुले लुटपाटको योजना बनाएको बताएका छन्। प्रधाननगर पुलिसले आज पक्रा परेका आरोपीहरूलाई सिलगढी अदालतमा पेश गर्यो। ती व्यक्तिले कहाँ लुटपाट गर्न गइरहेका थिए र यसमा को को संलग्न छ भन्ने कुराबारे पुलिसले खोजी गर्ने भएको छ।









