‘कट मनि’ फिर्ता गरेको घटना…

IMG-20240924-WA0240

उत्तर दिनाजपुर: अहिलेसम्म सत्तारुढ दल तृणमूल कांग्रेसका नेताहरुलाई विपक्षी दलका साथै आम जनताले कट मनि लिएको आरोप लगाएका छन्। तर कट मनि फिर्ताको मुद्दा इस्लामपुरमा पहिलो पटक बाहिर आएको छ। यहाँ केन्द्र र राज्य सरकारको कल्याणकारी योजना उपलब्ध गराउने नाममा पैसा काटिने गरेको भनाइ छ। उत्तर दिनाजपुर जिल्लाको इस्लामपुरको सुजाली ग्राम पञ्चायतकी प्रमुख नुरी बेगमलाई प्रधानमन्त्री आवास योजना अन्तर्गत एक लाभार्थीबाट कट मनिको आरोप लगाइएको थियो। पछि स्थानीयले कट मनि फिर्ता गर्न माग गरेका थिए। यसका लागि पञ्चायतको नियमित बैठक बसेर उनले कट मनि पञ्चायतलाई नै फिर्ता गर्नुपरेको थियो। यसपछि पञ्चायत सकिएपछि मानिसहरूले उनलाई घेरेर ‘चोर चोरको नारा’ लगाउन थाले। यद्यपि, यो रकम नूरी बेगमका पति र तत्कालीन तृणमूल अध्यक्ष अब्दुल हकले लिएको आरोप छ। खबर पाएलगत्तै स्थानीय पुलिस र कम्ब्याट  फोर्स घटनास्थलमा पुगेर स्थिति नियन्त्रणमा लिए।  

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement