आरजी कर घटनाको विरोध र मुख्यमन्त्रीको राजीनामा माग गर्दै भाजपाले भारत-बंगलादेश सीमामा निकाल्यो जुलुस

IMG-20240924-WA0212

कोचबिहार: आरजी कर घटनाको विरोधमा र मुख्यमन्त्रीको राजीनामा माग गर्दै सोमबार साँझ भाजपाले भारत–बंगलादेश सीमामा विरोध जुलुस निकाल्यो। भाजपाले आह्वान गरेको विरोध र्‍यालीमा प्रदेश भाजपा अध्यक्ष डा सुकान्त मजुमदार पनि पैदल हिँडे। आरजी कर मुद्दाको विरोधमा सोमबार साँझ कोचबिहार जिल्लाको हल्दीबारीमा ‘धिक्कार मार्च’ निकालियो। जुलुस हल्दिबारी बस स्टेन्डबाट शुरु भयो। भाजपा प्रदेश अध्यक्ष तथा केन्द्रीय शिक्षा राज्यमन्त्री डा सुकान्त मजुमदार, भाजपा जलपाईगढी जिल्ला अध्यक्ष बापी गोस्वामी, महिला मोर्चा जिला अध्यक्ष दीपा बानिक, जलपाई गढी सांसद डा जयन्त कुमार राय, डबग्राम फुलबारी विधायक शिखा च्याटर्जी, फलकाटा विधायक दीपक बर्मन साथै अन्य नेताहरु, भाजपा कार्यकर्ताहरुसँग जुलुसमा सहभागी थिए। झण्डै २ किलोमिटरसम्म निस्केको जुलुस अन्ततः विरोध सभामा परिणत भयो। सोमबार राति भारत–बंगलादेश सीमा नजिक हल्दिबारीमा सञ्चारकर्मीसँग कुरा गर्दै भाजपा प्रदेश अध्यक्षले भने, ‘अनुव्रत रिहा भएन, उनी भारतीय दण्ड संहिताअन्तर्गत जमानत पाएका छन्।‘ न्यूज एसिया

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement