२५ दिनको आफ्नो नानीलाई आमाले इनारमा फालेको घटनाले क्षेत्र सनसनी

IMG-20240924-WA0209

 सिलगढी: सिलगढीमा एउटा दु:खद र हृदयविदारक घटना बाहिर आएको छ, जुन सुनेर सबै छक्क परेका छन्। एउटी आमाले छोराछोरीको सुरक्षाका लागि ज्यान जोखिममा राख्छिन्, तर यसको विपरित एउटी आमाले आफ्नो २५ दिनको नानीलाई इनारमा फालिदिइन्। सिलगढीको वार्ड नम्बर ३८ सुकान्त नगरमा यो घटना बाहिरिएपछि सनसनी मच्चिएको छ। खबर प्राप्त हुनासाथ दमकलको टोली घटनास्थलमा पुगेर नानीलाई इनारबाट बाहिर निकालेर उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा  पुर्याए। खबर पाएलगत्तै वार्ड पार्षद दुलाल दत्त पनि घटनास्थलमा पुगे। उनले नानीको बाबुको नाम नयन चक्रवर्ती रहेको बताए। नानीको आमा मानसिक रूपमा डिप्रेसन भएको हुनसक्ने अनुमान गरिएको छ। यसअघि पनि उनले मानसिक रोगी भएकाले नानीलाई इनारमा फालेको बताएकी थिइन्। त्यसैले इनारलाई प्लाष्टिकले ढाकिएको थियो। तर आज बिहान बाबु नानीलाई लिएर सुतिरहेको बेला प्लाष्टिक निकालेर फाले। यी महिला मानसिक रोगी हो कि होइन भन्ने विषयमा छानबिन गर्नुपर्ने वार्ड पार्षदले बताए। पुलिसले सम्पूर्ण मामिलाको अनुसन्धान गर्नेछ। उनी पनि यो घटनाबाट दु:खी बनेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement