राजगञ्ज: विद्यालयका विद्यार्थीहरुले सडक दुर्घटना न्यूनीकरण र ट्राफिक नियम सम्बन्धि सचेतना कार्यक्रम सञ्चालन गरेका छन्। साहुडाङ्गीहाट पीके राय हाईस्कुल र क्यानल रोड ट्राफिक आउट पोस्टको संयुक्त आयोजनामा आज साहुडांगी नहर मोडमा यो कार्यक्रम आयोजना गरिएको हो। उक्त कार्यक्रम मार्फत विद्यार्थी, शिक्षक र ट्राफिक पुलिस कर्मचारीले हेल्मेट नलगाउनेलाई गुलाबको फुल दिएर जनचेतना जगाएका थिए। यसका साथै नहर सडक ट्राफिक आउट पोष्टबाट चालकलाई चर्को गर्मीबाट जोगाउन ग्लुकोज र पानीको बोतल पनि वितरण गरिएको थियो।

सो क्रममा नहर सडक थानाका ट्राफिक ओसी बुद्ध तामाङ, साहुडाङ्गीहाट पीके राई हाईस्कुलका प्रधानाध्यापक प्रदीप चौधरीसहित विद्यालयका शिक्षक र पुलिसको उपस्थिति रहेको थियो।







