बेंगलोरमा विभत्स हत्या गरिएकी नेपाली युवतीको अन्त्येष्टि

IMG-20240924-WA0093

भद्रपुर: भारतको बेंगलोरमा हत्या गरिएकी नेपाली युवती महालक्ष्मी दासको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको पहलमा अन्त्येष्टि गरिएको छ।
डडेल्धुराकी २९ वर्षीया महालक्ष्मीको शव बेंगलोरस्थित घरमा फ्रिजभित्र टुक्रा टुक्रा पारेको अवस्थामा शनिबार फेला परेको थियो।
घटनाबारे जानकारी पाउनासाथ मूल प्रवाहका केन्द्रीय सदस्य तथा बेंगलोर दक्षिण नगर समितिका अध्यक्ष नरेश कुमार बि क, कोषाध्यक्ष रमेशराम विक, नगर सदस्य रामराज पौडेललगायतको टिम घटनास्थल पुगेको थियो।
डडेलधुराको अलिताल गाउँपालिका–४ लम्जुल्लीकी महालक्ष्मी भारतको तिरपुराका हेमन्त दाससँग विवाह गरी लामो समयदेखि बेंगलोरमा बस्दै आएकी थिइन्। उनका चार वर्षकी एक छोरी छन्। श्रीमानसँग झगडा भएपछि उनी ९ महिनादेखि मालेश्वर क्षेत्रमा अलग्गै बस्दै आएकी थिइन्। उनले श्रीमानविरुद्ध प्रहरीमा जाहेरी समेत दिएकी थिइन्।
मूल प्रवाह बेंगलोर दक्षिण नगर समितिको पहलपछि घर परिवारको रोहबरमा उनको बोरिङ हस्पिटमा पोस्टमार्टम गरी सबै सरकारी प्रक्रिया पूरा गरेपछि सेप्टेम्बर २२ का दिन लालबाघास्थित समशानघाटमा अन्तिम संस्कार गरिएको छ।
उनको हत्यापछि शव ३० टुक्रा पारेर अवस्थामा फ्रीजभित्र भेटिएको थियो। शनिबार बेंगलोरको व्यालिकभल क्षेत्रस्थित फ्ल्याटको फ्रीजमा महालक्ष्मीको शवका अनेक टुक्रा भेटिएका हुन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement