लिभरपूललाई १ पोइण्टले पछि छोड़ेर म्यानचेष्टर सिटी बन्यो प्रीमियर लीग च्याम्पियन

IMG-20220523-WA0087.jpg

२३ मईः दुई गोलले पछाड़िए पनि असाधारण पुनरागमनको साथ सीजनको सबैभन्दा महत्त्वपूर्ण म्याचमा यादगार जीतको साथ म्यानचेष्टर सिटीले ईंग्लिश प्रीमियर लीग २०२१-२२-मा च्याम्पियन बन्ने गौरव हासिल गऱ्यो। यो सिटीको प्रीमियर लीगमा लगातार दोस्रो अनि गत ११ सालमा छैटौं लीग खिताब हो। आइतवार राति खेलिएको चरम रोमाञ्चक म्याचमा म्यानचेष्टर सिटीले एस्टन भिल्लालाई ३-२-ले पराजित गरी ट्रफी जित्यो।

सिटीलाई पानीखेदो गर्दै लिभरपूल चाहिँ केवल १ पोइण्टले गर्दा दोस्रो स्थानमा रह्यो। लिभरपूलले पनि अन्य एउटा रोमाञ्चक म्याचमा शुरुमै गोल खाएपछि वूल्भरह्याम्प्टन विरुद्ध ३-१-ले जीत हासिल गऱ्यो। च्याम्पियन बन्नको निम्ति जित्नै पर्ने म्याचमा २ गोल खाएपछि सिटीले पाँच मिनटको अन्तरमा ३ गोल छिराएर एस्टन भिल्लाको चुनौतीलाई पार गऱ्यो। आइतवार प्रीमियर लीगको जारी सीजनको अन्तिम चरणको म्याचपछि सिटी ३८ वटा म्याचमा ९३ पोइण्टको साथ शीर्ष स्थानमा रह्यो जबकि लिभरपूल १ पोइण्ट कम्ती लिएर दोस्रो स्थानमा रहन पुग्यो। यस हारको साथै लिभरपूलको घरेलु सीजनमा तीनवटा प्रमुख खिताब जित्ने सपना पूरा हुन सकेन। लिभरपूलले यसअघि लीग कप र एफए कपको खिताब जितेको थियो। जुर्गेन क्लोपको टीमले अब च्याम्पियन्स लीगको फाइनलमा ध्यान दिनेछ। च्याम्पियन्स लीगको फाइनलमा लिभरपूलले रियल म्याड्रिडको चुनौती स्वीकार्नेछ।

आफ्नो होम ग्राउण्डमा ७२ प्रतिशत पोजेशनको साथ खेले पनि सिटी एक समय २ गोलले पछाड़िएको थियो। मेटी क्याशले ३७औं र फिलिप कूटिन्होले ६९औं मिनटमा एस्टन भिल्लालाई २ गोल दिलाए। दुई गोल खाएर दबाउमा पर्ने सिटीलाई बचाउने क्रममा इल्के गुण्डोगनले उत्कृष्ट प्रदर्शन गरे। वैकल्पिक (सब्स्टीट्यूड) खेलाड़ीको रूपमा मैदानमा प्रवेश गर्ने यस खेलाड़ीले ७६औं र ८१औं मिनटमा २ गोल गरे। यसबाहेक एक गोल रोड्रीले ७८औं मिनटमा छिराए। यसरी एक समय २ गोलले अघि रहेर पनि हारको सम्मुखीन हुने एस्टन भिल्ला ४५ पोइण्टको साथ १४औं स्थानमा रहन पुग्यो।

लिभरपूलले पनि वूल्भ्स विरुद्ध आफ्नो म्याचमा शुरुमै गोल खायो। पेड्रो नेटोले तेस्रो मिनटमै वूल्भ्सलाई बढ़त दिलाए तर सेडियो मानेले २४औं मिनटमा लिभरपूललाई १-१-को बराबरीमा पुऱ्याए। त्यसपछि मोहम्मद सालाहले ८४औं र एण्ड्रू रोबर्टसनले ८९औं मिनटमा लगातार २ गोल गरी जुर्गेन क्लोपको टीमलाई जीत दिलाए। वूल्भ्सको टीमले ५१ पोइण्टको साथ दशौं स्थानमा रहेर प्रीमियर लीग सीजनको समापन गऱ्यो।

च्याम्पियन म्यानचेष्टर सिटी र उपविजेता लिभरपूलले झैं चौथो स्थानमा रहेर च्याम्पियन्स लीगको टिकट हासिल गर्ने टोटनह्याम हट्स्पर, आर्सनल, चेल्सी र लिस्टर सिटीले पनि आ-आफ्नो म्याचमा जीत हासिल गऱ्यो। टोटनह्यामले नर्विच सिटीलाई ५-०-ले पिट्यो। विजेता टीमबाट डेजान कुलुसेवस्की र सोन ह्युंग-मिनले २-२ गोल गरे भने एक गोल ह्यारी केनले छिराए। यस जीतपछि टोटनह्याम ७१ पोइण्टको साथ चौथो स्थानमा रहन पुग्यो। यसरी चेल्सी पनि जीतको साथ घरेलु सीजनको समापन गर्न सफल भयो। थोमस टुचेलको टीमले वाटफोर्ड विरुद्ध २-१-ले जीत हासिल गऱ्यो। विजेता टीमबाट काई हावेर्त्ज र रोस बार्कलेले गोल गरे। यसरी चेल्सी ७४ पोइण्टको साथ तेस्रो स्थानमा कायम रह्यो। यसबाहेक सामान्यले गर्दा च्याम्पियन्स लीगको टिकट हासिल गर्नदेखि चुक्ने आर्सनलले एभर्टनलाई ५-१-ले पिट्यो। आर्सनल ६९ पोइण्टको साथ पाँचौं स्थानमा रह्यो जबकि एभर्टनले ३९ पोइण्टको साथ १६औं स्थानमा रहेर लीगको समापन गऱ्यो। यसरी नै लिस्टर सिटीले साउथम्प्टन विरुद्ध ४-१-ले जीत हासिल गऱ्यो। यस जीतपछि लिस्टर सिटी ५२ पोइण्टको साथ आठौं स्थानमा रह्यो। यसबीच खराब लयसँग जुझिरहेको म्यानचेष्टर सिटी चाहिँ क्रिस्टल प्यालेस विरुद्ध ०-१-ले निराशाजनक हारको सम्मुखीन भयो। विजेता टीमबाट एकमात्र गोल विल्फ्रिड जाहाले ३७औं मिनटमा छिराए। म्याचमा म्यानचेष्टर युनाइटेडको टीम क्रिस्टियानो रोनाल्डो बिना ओर्लिएको थियो। यस हारपछि म्यानचेष्टर युनाइटेड ५८ पोइण्टको साथ पाँचौं स्थानमा रह्यो जबकि १२औं स्थानमा रहने क्रिस्टल प्यालेसको ४८ पोइण्ट पुग्यो। प्रीमियर लीगका अन्य म्याचहरूमा लीड्स युनाइटेडले ब्रेण्टफोर्डलाई २-१-ले, न्यूक्यासल युनाइटेडले बर्नलेलाई २-१-ले र ब्राइटनले वेष्ट ह्यामलाई ३-१-ले पराजित गऱ्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement