दार्जीलिङ: सेण्ट रोबर्ट्स स्कूल (एसआरएस), दार्जीलिङको आयोजनमा जारी पाँचौं सेण्ट रोबर्ट्स च्यालेञ्ज इण्टर स्कूल जूनियर फूटबल टुर्नामेण्टमा शान्तिरानी हाई स्कूलले असाधारण पुनरागमन गर्दै सेमिफाइनलमा स्थान बनायो। मंगलवारको खेलिएको टुर्नामेण्टको दोस्रो क्वार्टर फाइनल म्याचमा शान्तिरानी हाई स्कूलले एक समय पछाड़िए पनि असाधारण पुनरागमन गर्दै सेण्ट माइकल्स स्कूलविरुद्ध २-१-ले जीत हासिल गऱ्यो। म्याच हारे पनि सेण्ट माइकल्स स्कूलका शिवांकर राईलाई प्लेयर अव् द म्याच चयन गरियो। यस प्रतिष्ठित इण्टर स्कूल जूनियर फूटबल टुर्नामेण्टमा दार्जीलिङ र वरिपरिको क्षेत्रबाट जम्मा २० वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको फाइनल ३० सेप्टेम्बरमा खेलिनेछ।