अजिंक्य रहाणे मुम्बई टीमको कप्तान नियुक्त

IMG-20240924-WA0145

मुम्बई: अजिंक्य रहाणे लखनऊमा शेष भारतविरुद्ध आउँदो ईरानी कपको म्याचमा रणजी ट्रफी च्याम्पियन मुम्बईको कप्तान हुनेछन् जबकि सर्जरीपछि फिटनेस हासिल गर्ने अलराउण्डर शार्दुल ठाकुर यस म्याचको साथ प्रथम श्रेणीको क्रिकेटमा फर्किनेछन्। यस म्याचमा मुम्बईको टीमबाट श्रेयस अय्यर, मुशीर खान, शम्स मुलानी र तनुश कोटियानसहित अन्य शीर्ष खेलाड़ीहरू खेल्ने तय छ। ईरानी कप १ अक्टोबरदेखि खेलिनेछ अनि भारतीय टीममा सामेल सरफराज खानको यस म्याचमा भागीदारीलाई लिएर अहिलेसम्म केही स्पष्ट भएको छैन। भारत र बंग्लादेशबीच दोस्रो टेस्ट म्याच २७ सेप्टेम्बरदेखि शुरु हुनेछ। यसरी मुम्बई टीमको घोषणा भोलि हुनेछ। बीसीसीआई-का एकजना सीनियर अधिकारीले भने, सरफराज टीमको मध्यक्रममा एकमात्र विशेषज्ञ ब्याटर हुन्। ध्रुव जुरेल विकेटकीपर-ब्याटर र अक्षर पटेल अलराउण्डर हुन्। यस्तो स्थितिमा कुनै ब्याटरलाई चोट लागे सन्तुलन बिग्रिनेछ। ईरानी कप १ अक्टोबरदेखि शुरु हुनेछ। यसैकारण भारतीय टीमको म्याच चाँड़ै समाप्त भए सरफराज कानपुरबाट लखनऊ गएर टीममा सामेल हुन सक्नेछन्। उल्लेखनीय छ, ईरानी ट्रफीमा शेष भारत (रेस्ट अव् इण्डिया)-को टीम सबैभन्दा सफल रहेको छ। यस टीमले ३० पल्ट खिताब जितिसकेको छ। शेष भारतको टीमले ६१ पल्ट यस टुर्नामेण्टमा हिस्सा लिएर ३० पल्ट ट्रफी जितेको छ। यसरी मुम्बईले २९ पल्ट टुर्नामेण्टमा हिस्सा लिइसकेको छ। यसमा टीमले १४ पल्ट खिताब जितेको छ। कर्नाटकले ८-मा ६ पल्ट खिताब जितेको छ। ईरानी ट्रफीको इतिहासमा सर्वाधिक १२९४ रन बनाउने रेकर्ड मुम्बईका वसीम जाफरको नाममा रहेको छ। यसरी पदमाकर शिवलाकर ५१ विकेटको साथ टुर्नामेण्टको इतिहासमा सफलतम बलर हुन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement