बुमराहलाई तीनैवटा प्रारूपको सर्वश्रेष्ठ बलर बताए स्टीव स्मिथले

IMG-20240924-WA0134

नयाँ दिल्ली: अष्ट्रेलियाका अनुभवी ब्याटर स्टीव स्मिथले जसप्रीत बुमराहलाई तीनैवटा प्रारूपको सर्वश्रेष्ठ बलर बताएका छन्। यस साल टी२० वर्ल्ड कपमा भारतको विजयाभियानको अवधि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बुमराहले गत केही सालदेखि निरन्तर असल प्रदर्शन गरिरहेका छन्। चेन्नईमा भएको पहिलो टेस्टमा बंग्लादेशविरुद्ध भारतको २८० रनको जीतमा बुमराहले नै पहिलो ईनिंग्समा ४ विकेट लिएर माहोल तयार गरेका थिए। उनले दोस्रो ईनिंग्समा पनि बंग्लादेशको ६२ रनको ओपनिंग पार्टनरशीपलाई तोड़ेका थिए। यसबीच नोभेम्बरदेखि बहुप्रतीक्षित बोर्डर-गावस्कर टेस्ट सीरीज शुरु हुनेछ अनि बुमराह पनि अन्य खेलाड़ीहरू झैं यस सीरीजमा असल प्रदर्शन गर्न चाहन्छन्। अष्ट्रेलियाका दिग्गज ब्याटर स्टीव स्मिथ पनि अष्ट्रेलियाई पीचहरूमा भारतीय पेस बलर बुमराहको चुनौतीहरूको सामना गर्न तयार छन्। स्मिथले भने, उनी (बुमराह) अद्भूत बलर हुन्। उनी नयाँ बल मात्र नभएर सामान्य पुरानो अनि अधिक पुरानो बलको साथ समान प्रभावी छन्। यस खेलमा उनीसँग असाधारण कौशल रहेको छ। उनी एकजना महान अनि अहिले निश्चित रूपले सबै प्रारूपका सर्वश्रेष्ठ पेस बलर हुन्।
यसरी सञ्जय माञ्जरेकरले बुमराहलाई कुनै कमजोरी बिनाको बलर बताए। भारतका पूर्व क्रिकेटरले भने, हामी सबैलाई उनको विविधता र सोचबारे थाहा छ। उनी मैदानमा सबैभन्दा तेज सोच्ने बलरहरूमा एक हुन्। पहिलो टेस्टमा उनले तस्कीन अहमदलाई त्यसरी नै लाटा बनाएका थिए। बुमराह यस्ता बलर हुन्, जसको कुनै कमजोरी नै छैन। उनको बलिंगमा गल्ती खोजेर निकाल्नु सजिलो हुँदैन। उनी जस्ता बलर पाएर भारतीय टीम भाग्यशाली छ। उल्लेखनीय छ, बुमराहले केही दिन अघि मात्र इण्टरनेशनल क्रिकेटमा आफ्नो ४०० विकेट पूरा गरेका थिए। यस उपलब्धिलाई हासिल गर्ने उनी भारतका दशौं बलर हुन्। बुमराहले ३७ वटा टेस्टमा २०.४९-को औसतले १६३ विकेट लिएका छन्। यसरी ८९ वटा वनडे म्याचमा उनले २३.५५-को औसतले १४९ विकेट लिएका छन्। यसबाहेक ७० वटा टी२० इण्टरनेशनल म्याचमा उनको नाममा ८९ विकेट रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement