सातौं राष्ट्रिय पोषण माह कार्यक्रम सम्पन्न

n6321516641727116185819718f8d20a64b7a3493ba1e5f8f6cd102657fa16601a77f937b0a096401bf424b

मंगन: महिला एवम् बाल विकास विभागको पहलमा सिङछित आईसीडीएस केन्द्रमा पोषण माह कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकाे छ। यस अवसरमा वार्ड पञ्चायत, सुपरभाइजर, लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा चुङथाङ, जोन (३) का सुपर भाइजर थुप्देन भोटियाले कार्यक्रमको मुख्य लक्ष्य र उद्देश्यबारे जानकारी गराए। उनले पोषण अभियान पहल अन्तर्गत पोषण र समग्र कल्याणको महत्त्वलाई प्रकाश पारे।
सोही प्रकारले पोषण निरीक्षक सोनाम नामग्याल भोटियाले पोषणको महत्वबारे विस्तृतरूपमा अवगत गराउँदै पोषण, बृद्धि अनुगमनको महत्व, पूरक आहारका लागि स्थानीय रूपमा उपलब्ध खानाको समावेश, सन्तुलित आहार, स्वस्थ खानपान र बालबालिकाको शारीरिक तथा मानसिक विकासमा राम्रो पोषणको भूमिकाबारे अवगत गराए।
समाज कल्याण निरीक्षक रोशन लिम्बूले वृद्ध, दिव्याङ्ग र समाजका अन्य किनारीकृत वर्गको निम्ति उपलब्ध विभिन्न पेन्शन योजनाहरूको बारेमा जानकारी गराए। कार्यक्रमलाई डीईओ छिरिङ लेप्चा, वार्ड पञ्चायत थिन्ले छोपेल लेप्चाले पनि सम्बोधन गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement