गान्तोक: आफ्नो यात्राको दोस्रो दिन सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले लाचुङ ब्रिगेडमा बिहान भारतीय सेनाका जवानहरूको हौसला बढाउॅंदै उनीहरूसॅंग अन्तरक्रिया गरे।
यस अवधि उनले विपरित परिस्थितिहरूमा भारतीय सेनाका जवानहरूको समर्पण र देशप्रति सेवाभाव सराहनीय रहेको बताए। लाचुङ ब्रिगेडका ब्रिगेडियर उप्पल, कमान्डेन्टले टीमको नेतृत्व गरेको राजभवनले प्रेस विज्ञप्तिमा बताएको छ।
यसपछि, राज्यपाल युमथाङ भ्याली पुगे जहॉं वन विभागका अधिकारीहरूले उनको स्वागत गरे। भ्यालीको सौन्दर्यलाई अप्रतिम र अद्वितीय बताउॅंदै राज्यपालले यसलाई विश्वस्तरीय प्राकृतिक आकर्षणको केन्द्र बताए। यस अतिरिक्त, राज्यपाल १८,२०० फीटको उचाईमा स्थित डोङ्गक्याला पास (भारतको दोस्रो उच्च पास) पुगेर भारत चीन सीमाको अवलोकन गरे।
आफ्नो भ्रमणको क्रममा राज्यपाल १७,३०० फीट उच्चाईमा स्थित केराङ पुगे र त्यहॉं भारत तिब्बत सीमा पुलिसका जवानहरूसॅंग भेट गरेर उनीहरूको हौसला बढाए। यसैगरी, उनी पवित्र गुरु दोङ्गमार झील पनि पुगे र झीललाई प्रकृतिको अनुपम रचना बताए। राज्यपालले यहॉं पूजा पनि गरे तथा सबैको सुख, शान्ति र कल्याणको निम्ति कामना गरे। यात्राको क्रममा सडक सीमा संगठनका कमाण्डर ७५८ बीआरटीएफ कर्नल एके दीक्षितले राज्यपाललाई विभिन्न ठाउॅंहरूको जानकारी गराए।
राज्यपालले दोस्रो दिनको यात्राको क्रममा जेमा पुलको पनि उद्घाटन गरे, जहॉं स्थानीय मानिसहरूले पारम्परिक तरिकाले उनको स्वागत गरे। बाढले पुऱ्याएको क्षतिको दृश्य देखेर राज्यपाल व्यथित बने। उनले सडक सीमा संगठनद्वारा गरिएका कार्यहरूको प्रशंसा गर्दै श्रमिकहरूसॅंग कुराकानी गरे। उनले नवनिर्मित पुलको अवलोकन गरे।
राज्यपालको साथमा राजभवनका अतिरिक्त सचिव खेमराज भट्टाराई, जिल्लापाल अनन्त जैन, राजभवनका अधिकारीहरू आदि पनि उपस्थित थिए।