निरपथ गुरुङको निधनमा मुख्यमन्त्रीले गरे दु:ख प्रकट

photocollage_2024923233840358

गान्तोक: सिक्किम सरकार अधीनस्थ अन्य पछौटे वर्ग कल्याण बोर्डका पूर्व चेयरम्यान तथा एसकेएम पार्टीका संस्थापक सदस्य निरपथ गुरुङको निधनमा मुख्यमन्त्री प्रेमसिंह तामाङले गहिरो दु:ख व्यक्त गरेका छन्।
उनी छुजाचेन निर्वाचन क्षेत्रको किङ्गस्टोन निवासी थिए।
मुख्यमन्त्री तामाङले आज सोशल मिडिया फेसबुकमा निरपथ गुरुङको निधनले दु:खित बनेको बताउॅंदै एसकेएम परिवारको पक्षमा शोक सन्तप्त परिवार र आफन्तहरूप्रति हार्दिक समवेदना व्यक्त गरेका छन्। उनले दिवंगत आत्माको चिर शान्तिको कामना गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement