बुडापेस्ट (हंगेरी): सीनियर खेलाड़ी तानिया सचदेवले आइतवार यहाँ ४५औं चेस ओलम्पियाडमा आफ्नो पहिलो स्वर्ण पदक जितेपछि खुशी व्यक्त गर्नको साथै टीमको प्रशंसा गरिन्। तानिया सचदेव, हरिका द्रोणावल्ली, वैशाली रमेशबाबु, दिव्या देशमुख र वन्तिका अग्रवालकी भारतीय टीमले प्रशिक्षक अभिजीत कुण्टेसँग मिलेर अन्तिम चरणमा अजरबैजानलाई ३.५-०.५-ले पराजित गरी स्वर्ण पदक जित्यो। ऐतिहासिक सफलतापछि सचदेवले भनिन्, म अहिले धेरै खुशी छु। मलाई आफ्नो टीममाथि गर्व छ। अहिले पछि फर्किएर हेर्दा मलाई यो त्यही क्षण हो जस्तो लाग्छ, जसको निम्ति हामी एकजुट भएकी थियौं। उल्लेखनीय छ, भारतीय महिला टीमले यसअघि २०२२-मा काँस्य पदक जितेको थियो। यसबीच ग्राण्ड मास्टर वैशालीले भनिन्, मलाई अहिले पनि गत संस्करण याद छ अनि हामी अन्तिम चरणमा पराजित भएकी थियौं। म अहिले म धेरै खुशी छु कारण हामीले एकजुट भएर असल प्रदर्शन गऱ्यौं। ग्राण्ड मास्टर हरिकाले भनिन्, अन्तमा गएर २० सालपछि म आफ्नो सपना पूरा गर्न सफल भए। म २० साल अघि १३ सालको उमेरमा ओलम्पियाडमा पदक जित्ने सपनाको साथ आएकी थिएँ अनि त्यो सपना आज साकार भयो। उल्लेखनीय छ, ४५औं चेस ओलम्पियाडमा भारतको महिला र पुरुष दुवै टीमले स्वर्ण पदक जितेर इतिहास रच्यो।