मुख्यमन्त्री तामाङ अनि एआइएफएफका अध्यक्ष चौबेको भेटवार्ता

IMG-20240923-WA0303

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले आज अल इन्डिया फुटबल फेडरेसन (एआइएफएफ)का अध्यक्ष कल्याण चौबेसँग भेट गरे। भेटको क्रममा सिक्किम राज्यमा फुटबलको क्षेत्रमा विकास गराउने विषयमाथि केन्द्रित गर्दै चर्चा परिचर्चा भएको थियो। सिक्किम राज्यका खेलाडीहरूलाई अवसर प्रदान गर्ने विषयमा छलफल भयो। उनले यस क्षेत्रको फुटबलको विकासका लागि एआईएफएफको पूर्ण सहयोगको आश्वासन पनि दिए। यस अवसरमा मुख्यमन्त्री तामाङले क्षेत्रिय क्लव संस्कार साथै तृणमुलस्तरका फुटबल खेलाडीहरूमाथि प्रकाश पार्दै फुटवल खेलको निम्ति युवा प्रतिभाहरू तयार पार्नुको निम्ति उनीहरूको देखरेक गर्नुपर्ने जानकारी गराए। मुख्यमन्त्रीको कुरा सुनेपछि अध्यक्ष चोबेले फुटबललाई बढावा दिनको निम्ति राज्य सरकारले गरेको प्रयासको प्रशंसा गरे। उनले सिक्किम राज्यमा फुटबल खेललाई विकास गर्नको निम्ति एआइएफएफ तयार गरेको आश्वासन दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement