भारतमाला परियोजनालाई लिएर उच्चस्तरीय बैठक

IMG-20240923-WA0304

मंगन: भारतमाला योजनाको प्रगति र चुनौतीहरुबारे छलफल गर्न लाचुङको वन विभागको सम्मेलन कक्षमा एक उच्चस्तरीय बैठक सम्पन्न भयो। उत्तर जिल्लाका जिल्लापाल अनन्त जैनले परियोजनाको कार्यान्वयनमा ढिलाइ हुने समस्याहरूबारे जायजा लिए। जैनले भारतमाला परियोजनाको उद्देश्यबारे बोल्दै सीमा देशका सीमा क्षेत्रहरूमा केन्द्रित भएर देशभर सडक सम्पर्क बढाउने कार्य भइरहेको बताए। उनले पूर्वाधार सुधार अनि यातायात सुनिश्चित गर्न पहल गरिएको बताए। जिल्लापालले पर्यावरणीय सरोकार, जमीन अधिग्रहणका समस्याहरू र परियोजनाको समयअवधिबारे प्रकास पारे। जुम्साका सदस्यहरुले उत्पन्न समस्याहरू समाधान गर्न प्रभावी पहलको माग राखेका थिए। जसलाई लिएर जिल्लापालले यस दिशामा एकअर्काबीच सहयोगको भावना राखेर काम गर्नुपर्ने बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement