राज्यपालद्वारा जेमा पुलको उदघाटन

IMG-20240923-WA0300

मंगन: राज्यपाल ओमप्रकाश माथुरले आज उत्तर सिक्किम अन्तर्गत लाचेनको जेमा पुलको उद्घाटन गरे। राज्यपाल माथुर यसबेला उत्तर सिक्किमको भ्रमणमा छन्। यस क्रममा उनले थुप्रै परियोजनाहरुको स्थलगत निरीक्षण गरि जानकारी लिने काम गरिरहेका छन्। उनले सीमा क्षेत्रमा सेवारत् सेना तथा आईटीबीपीका जवानहरुको हौसला बढ़ाउने कार्य पनि गरिरहेका छन्। आज सम्पन्न पुल उद्घाटन कार्यक्रममा जिल्लापाल अनन्त जैनको पनि उपस्थिति थियो। राज्यपाललले सडक सम्पर्कमाथि जोड दिँदै यसको सुधार गर्न र स्थानीय आर्थिक गतिविधिहरूलाई विस्तार गर्नुपर्ने कुरामा जोड़ दिए। उनले आपदा स्थितिमा पनि पूर्वाधार निर्माणमाथि सक्रिय भएर सेवा गर्दै आएको सीमा सडक संगठन (बीआरओ) को मुग्धकण्ठले प्रशंसा गरे। कार्यक्रममा उनले श्रमिकहरुसँग अन्तरक्रिया गर्दै कठिन परिस्थितिमा पुल निर्माणमा गरेको प्रयासको प्रशंसा गरेका थिए। पुलले यातायातमा सुधार र क्षेत्रको विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement