नयाँ दिल्ली: भारतलाई बंग्लादेशविरुद्ध पहिलो टेस्टमा जीत दिलाउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने रविचन्द्रन अश्विनले घरेलु मैदान चेपकमा ब्याट र बल दुवैको साथ असाधारण प्रदर्शन गरे। अश्विनले टेस्ट क्रिकेटमा सर्वाधिकपल्ट ईनिंग्समा ५ विकेट लिने मामिलामा पनि आफ्ना अष्ट्रेलियाई प्रतिद्वन्द्वी न्याथन लायनलाई पछि छोड़ेका छन्। यसबीच ईंग्ल्याण्डका पूर्व स्पिनर मोण्टी पनेसर लायनलाई भारतीय स्पिनरभन्दा असल बताएका छन्। पनेसरको भनाइअनुसार, लायन अश्विनभन्दा असल बलर हुन् कारण उनले अष्ट्रेलियामा धेरै विकेट लिएका छन्, जहाँ स्पिनरहरूलाई पीचबाट अधिक सहायता प्राप्त हुँदैन। यसरी एशियाई परिस्थितिहरूमा अश्विनको कौशललाई ध्यानमा राखेर पनेसरले ३८ वर्षीय अश्विनलाई भारतीय सतहमा असल बलर बताए। पनेसरले भने, मेरो विचारमा न्याथन लायन असल बलर हुन् तर भारतीय पीचहरूमा चाहिँ अश्विनभन्दा असल स्पिनर अरू कोही छैनन्। यी दुई अलग थरीका स्पिनर हुन्। उल्लेखनीय छ, लायनले १२९ वटा टेस्ट म्याचमा ३०.२८-को औसतले ५३० विकेट लिएका छन्। यसरी नै अश्विनले १०१ वटा टेस्टमा २३.७०-को औसतले ५२२ विकेट लिएका छन्। पनेसरको भनाइअनुसार, अश्विनको ब्याटिंग गर्ने क्षमताले उनलाई ब्याटरहरूले झैँ सोच्नमा सहायता गर्छ। उनी विपक्षी ब्याटरको कमजोरीलाई तुरन्तै पत्तो लगाउँछन् अनि त्यही अनुसार बलिंग गर्छन्। उनी विपक्षी ब्याटरको सोचसँग खेल्ने गर्छन्। यसरी लायनले अष्ट्रेलियामा धेरै विकेट लिएका छन्, जहाँ स्पिनरहरूलाई पीचबाट अधिक टर्न र बाउन्स प्राप्त हुँदैन। जे भए पनि यी दुई आधुनिक क्रिकेटका महान स्पिनर हुन्।