कालचिनी: केन्द्रद्वारा पठाइएको प्रकल्पको विभिन्न ग्राम पञ्चायतहरुमा दुर्नीतिको विरोधमा अनि प्रायः ११ वटा दाबीहरु समेटेर आज भाजपा कालचिनी विधानसभा कमिटीको पक्षबाट कालचिनी बीडीओ समक्ष एउटा ज्ञापन सुम्पिएको जानकारी भाजपा कालचिनी विधानसभा क्षेत्रको कन्भेनर आलोक मित्रले दिएका छन्। आज यस क्रममा कालचिनी स्थित भाजपा कार्यालयबाट चोर धरो जेल भरो लेखिएको ब्यानर लिएर भाजपा समर्थकहरुले कालचिनी बीडीओ कार्यालयसम्म ऱ्याली निकालेको थियो।
ज्ञापन सफलरुपमा जमा गरिएको बताउँदै भाजपा कालचिनी विधानसभा कन्भेनर आलोक मित्रले केन्द्र द्वारा पठाईएको प्रकल्पको विभिन्न ग्राम पञ्चायतहरुमा दुरपयोग तथा दुर्नीति भएको र मनरेगाको काम गरेको पैसा जनसाधारणले आजसम्म किन नपाएको, झोड़ा नालाहरुको मरम्मती, एवं अन्यान्य दाबीहरु समेटेर ज्ञापन सुम्पिएको र यदि यसको समाधान नभए भाजपाले अझै जोरदार आन्दोलन गर्ने चेताउनी पनि दिएका छन्।









