एडभेञ्जर टुरिज्मको लागि सठीक स्थान मानिएको रोहिणी क्षेत्रमा जीटीएद्वारा सर्वे

IMG-20240923-WA0291

२७ सेप्टेम्बरमा उदघाटन गरेर शुरु गरिने

खरसाङ: खरसाङको रोहिणी क्षेत्रमा एडभेञ्जर टुरिज्मको लागि जीटीएको एडभेञ्जर टुरिज्मको चिफ् को-अर्डिनेटर डा. दावा शेर्पा र उनको टिमले भ्रमण निरीक्षण गरेका छन्। उनले रोहिणी प्याराग्लाईडिङ एण्ड एडभेञ्जर एसोसिएशनको पहलमा जीटीएको एडभेञ्जर टुरिज्मको चिफ् को-अर्डिनेटर डा. दावा शेर्पा र उनको टिमले रोहिणीको विभिन्न स्थानहरूको निरीक्षण र सर्वे गरेका छन्। उक्त निरीक्षण र सर्वेमा रोहिणीको तल्लो भाग र तीनधारेको नयाँ कमानको सीमाना क्षेत्रमा एडभेञ्जर टुरिज्मको प्रशस्त सम्भावनाहरू देखा परेको अनि रोहिणी प्याराग्लाईडिङ एण्ड एडभेञ्जर एसोसिएशनको सहभागितामा अब रोहिणी क्षेत्रमा विभिन्न एडभेञ्जर टुरिज्मको शुरुवात् गरिने भएको छ। यसावधि उक्त टिमले रोहिणीको खोलामा रहेको लियोपाड झरणाको निरीक्षण गरेका छन् भने अब यस क्षेत्रमा एटिभी र एमटिभी पार्क शुरु गरेर विभिन्न एडभेञ्जर टुरिज्म शुरु गरिने भएको छ। उक्त विभिन्न प्रकारको एडभेञ्जर टुरिज्मको लागि आगामी २७ सेप्टेम्बर विश्व पर्यटन दिवसको अवसर पारेर भव्य उदघाटन गरेर सञ्चालन शुरू गरिने भएको छ। यसको साथै जीटीए प्रमुख अनित थापाले गत १ जूनको दिन उदघाटन गरेका रोहिणीको लाप्चे खेतीदेखि रोहिणीसम्मको प्याराग्लाईडिङको पुन: उदघाटन गरेर अब सञ्चालन गरिने भएको छ। रोहिणी क्षेत्रमा एडभेञ्जर टुरिज्मको लागि निरीक्षण र सर्वेको समय जीटीएको एडभेञ्जर टुरिज्मको चिफ् को-अर्डिनेटर डा. दावा शेर्पा, रोहिणी प्याराग्लाईडिङ एण्ड एडभेञ्जर एसोसिएशनको सभापति विशाल शंकर। सचिव रिवाज थापा, संयोजक सचिन खाती र अन्यहरू लगायत प्याराग्लाईडिङ एक्पर्टहरू कालेबुङबाट प्रशान्त राणा, सिक्किमबाट अर्जुन राई र सोम प्रधान साथै अन्यहरू उपस्थित रहेका थिए। उक्त निरीक्षण र सर्वे विषयमा पत्रकारहरूसित कुराकानी गर्दै रोहिणी प्याराग्लाईडिङ एण्ड एडभेञ्जर एसोसिएशनको संयोजक सचिन खातीले रोहिणी क्षेत्रको सुन्दरतालाई हेरेर पर्यटन क्षेत्रमा विकास गर्नलाई पहल गरिरहेको र जीटीएद्वारा पहिलोपल्ट प्याराग्लाईडिङ उदघाटन गरेकोमा धन्यवाद दिएका छन्। उनले उनले रोहिणी क्षेत्रमा पर्यटन विभागको एडभेञ्जर टुरिज्मको चिफ् को-अर्डिनेटर डा दावा शेर्पा र उनको टिम आएर रोहिणी क्षेत्रमा सर्वे गरेकोमा धन्यवाद दिएका छन्। उनले यस अवसरमा रोहिणीमा रहेको सुन्दर झरनालाई लियोप्याड वाटर फल्स नाम दिइएको जानकारी गराउँदै रोहिणीमा एटीभी, एमटिभी रोड, जिप लाइन, साईकिलिङ, रिभर क्रसिङ जिप लाइन लगायत अन्य साहसिक पर्यटनको लागि सर्वे गरिएको बताएका छन् अनि यी सबै आगामी २७ सेप्टेम्बरको दिन विश्व पर्यटन दिवसको दिन भव्य रूपमा उदघाटन गरिने भएको जानकारी गराएका छन्। संयोजक सचिन खातीले रोहिणी प्याराग्लाईडिङ एण्ड एडभेञ्जर एसोसिएशन सन् २०२२ मा शिक्षित बेरोजगार युवाहरूलाई लिएर गठन गरेर कार्य गरिरहेको बताउँदै रोहिणी क्षेत्रमा एडभेञ्जर टुरिज्मलाई प्रमोशन गरिदिएकोमा जीटीएप्रति आभार प्रकट गरेका छन्। पत्रकारहरूलाई सम्बोधन गर्दै जीटीएको एडभेञ्जर टुरिज्मको चिफ् को-अर्डिनेटर डा. दावा शेर्पाले एडभेञ्जर टुरिज्मको लागि रोहिणी क्षेत्रमा सर्वे गरियो र यस सर्वेमा रोहिणी क्षेत्र एडभेञ्जर टुरिज्मको लागि एकदमै सठीक ठाउँ रहेको बताएका छन्। उनले रोहिणी क्षेत्रमा स्थानीय युवाहरूले रोहिणीलाई उत्तर बंगालको एडभेञ्जर टुरिज्मको लागि स्थान बनाएर पहल गरिरहेका छन् जुन सही रहेको पनि छ भनी बताउँदै रोहिणी क्षेत्रमा एडभेञ्जर टुरिज्मको लागि स्थानहरूको निरीक्षण र सर्वेपछि यहाँ रहेको विभिन्न साहसिक पर्यटनको पूर्वाधारहरूलाई लिएर आगामी २७ सेप्टेम्बरमा हुने विश्व पर्यटन दिवसको अवसरमा भव्य रूपमा उदघाटन गरिने भएको बताएका छन्। उनले उक्त दिन नै केही समय अघि जीटीएको प्रमुख कार्यपाल अनित थापाले उद्घाटन गरेको प्याराग्लाईडिङ पनि अब सञ्चालनमा ल्याइने भएको पनि जानकारी गराएका छन्। डा. दावा शेर्पाले रोहिणीमा एडभेञ्जर टुरिज्मको लागि रोहिणी सठीक रहेको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement