घैयाबारी ग्राम पञ्चायत दुईद्वारा स्वच्छता नै सेवा अभियान अन्तर्गत सचेतना रैली र सर सफाई

IMG-20240923-WA0285

खरसाङ: खरसाङ खण्ड अन्तर्गत घैयाबारी ग्राम पञ्चायत दुईको आयोजनामा स्वच्छता नै सेवा अभियान अन्तर्गत तीनधारे क्षेत्रमा सचेतना रैलीक साथमा सर सफाई कार्यक्रम सम्पन्न गरिएको छ। घैयाबारी ग्राम पञ्चायत दुईको आयोजनामा तीनधारेको महात्मा गाँधी हल परिसरदेखि सचेतना रैली शुरु भएर तीनधारेको गोलाई पाखास्थित वी लभ तीनधारे लेखेको बोर्डसम्म पुगेर समाप्त भएको छ। उक्त स्थानमा पुगेर वी लभ तीनधारे लेखेको परिसरमा व्यापक सर सफाईको कार्यक्रम सम्पन्न गरिएको छ। उक्त सचेतना रैली र सर सफाई कार्यक्रममा घैयाबारी ग्राम पञ्चायत दुईको पञ्चायत प्रधान भगवती राई प्रधानले स्वच्छता नै सेवा अभियान विषयमा शपथ ग्रहण गराएका थिए।

त्यसरी नै सर सफाई कार्यक्रममा पञ्चायत सचिव रबीन मेक्तानले स्वच्छता नै सेवा अभियान विषयमा विस्तृत रूपमा सचेतनात्मक वक्तव्य राखेका थिए। उनले यस अवसरमा बोल्दै विगत १७ सेप्टेम्बरदेखि आगामी २ अक्टोबरसम्म देशभरि स्वच्छता नै सेवा अभियान चलिरहेको र आजको दिनमा घैयाबारी ग्राम पञ्चायत दुईको पालो रहेकोले आज सचेतना रैलीको साथमा सर सफाई कार्यक्रम सम्पन्न गरिएको जानकारी गराएका छन्।

उक्त रैली र सर सफाई कार्यक्रममा घैयाबारी ग्राम पञ्चायत दुईको पञ्चायत प्रधान, सचिव लगायत पञ्चायत सदस्य -सदस्याहरू, आँगनवाडी कर्मीहरू, आशाकर्मीहरू, भीसीटी, भीएसटी उपस्थित रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement