सूर्या फाउण्डेशनद्वारा तीनधारेमा स्वच्छता कार्यक्रम सम्पन्न

IMG-20240923-WA0284

तीनधारे: सूर्या फाउण्डेशनद्वारा स्वच्छता कार्यक्रम सम्पन्न गरिएको छ। सूर्या फाउण्डेशनद्वारा तीनधारेमा स्वच्छता कार्यक्रम सम्पन्न गरिएको छ जसमा सूर्या संस्कार केन्द्रका नानीहरु सेवाभावी तथा शिक्षकहरुको सहभागिता रहेको थियो। यस विषयमा क्षेत्र प्रमुख कमल दाहालले बताए अनुसार सूर्या फाउण्डेशनले सेवा पखवाड़ा अनिर्गत विगत १७ सेप्टेम्बरदेखि आगामी २ अक्टोबरसम्म विभिन्न सेवा कार्यहरू गरिरहेको छ जसमा स्वच्छता कार्यक्रम, स्वास्थ्य शिविर, पशु चिकित्सा, बिकलाङ सेवा, रक्तदान आदि रहेको छ। यस कार्यक्रममा सूर्या फाउण्डेशनको तर्फबाट क्षेत्र प्रमुख कमल दाहाल, योगेन्द्र क्षेत्री, महेश शर्मा तथा शैलेन्द्र लामाको विशेष उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement