खरसाङ: खरसाङ कलेजले एनएसई वित्तीय जागरूकता कार्यक्रमको आयोजना करियर गाइडेन्स अनि प्लेसमेन्ट उप-समितिकाे सहयोगमा फर्स्ट ट्र्याक सोल्युसन्स टेक्नोलोजिज प्रा. लि भुवनेश्वर, ओडिशासँग मिलेर सम्पन्न गर्यो। यस कार्यक्रमको उद्देश्य विद्यार्थीहरूमा वित्तीय साक्षरता बढाउनु र उनीहरूलाई आवश्यक लगानीबारे ज्ञान प्रदान गर्नु थियो। सत्रको शुरुवात प्रा. सुदर्शना प्रधानको स्वागतबाट सुरु भयो भने कार्यक्रमका संयोजक डा. योगेश खातीले परिचायक वक्तव्य राखे। एनएसई का प्रतिष्ठित प्रशिक्षक अर्नब डे सरकारले वित्तीय लगानी बारे मूल्यवान जानकारी प्रस्तुत गरे। उनलाई फर्स्ट ट्र्याक सोल्युसन्स टेक्नोलोजिज प्रा. लि. का अध्यक्ष तेजश पारिखले पनि सहयोग गरे। कुल ९१ जना उत्साही विद्यार्थीहरूले कार्यक्रममा भाग लिएका थिए साथै उनीहरूले छलफल र अध्ययनका क्रममा सक्रिय रूपमा संलग्न जनाए। सत्रको अन्त्यमा प्रा दिपेन शेर्पाले सबैको योगदानलाई मान्यता दिँदै मनदेखि सबैलाई धन्यवाद व्यक्त गरे। झण्डै एक घण्टा चालिस मिनटसम्म चलेको यस कार्यक्रमले युवाहरूमा वित्तीय जागरूकता बढाउन साथै उनीहरूलाई भविष्यमा लगानीबारे उचित निर्णयहरू गर्न तयार पार्नेछ।