खरसाङ: खरसाङको वार्ड नम्बर २० मा अवस्थित मोर्डन भेटनेरी क्लिनिकमा स्वदेशी नशलको पशुहरू विशेष गरेर कुकुरहरूको बन्ध्याकरण कार्यक्रम एवं निशुल्क टिकाकरण शिविर सम्पन्न भएको छ। यस शिविरमा जम्मा २० वटा कुकुरहरूको बन्ध्याकरण गरिएको छ। यस कार्यक्रमको आयोजनाबारे मोर्डन भेटनेरी क्लिनिकको भेटेनेरी अफिसर डाक्टर सुडेन्ला छिरिङ भोटियाले जानकारी गराउँदै विश्व रेबिज डे अर्थात आगामी २८ सेप्टेम्बरको दिन खरसाङकरे डब्लूबीएनभीएफ मैदानमा पशुहरूको निम्ति निशुल्क स्वास्थ शिविर अनि एण्टी रेबिज टिकाकरण शिविरको आयोजना हुने डाक्टर भोटियाले जानकारी दिएका छन् अनि यो शिविर बिहान १० बजे देखि ४ बजे सम्म हुनेछ।

यसको साथै यस शिविरमा विभिन्न स्कूलका विद्यार्थीहरूलाई लिएर ’सिट-एण्ड-ड्र’ कम्पिटिशन पनि राखिएको अनि शिविरमा खरसाङवासीलाई सहभागिता जनाइदिने निवेदन डाक्टर भोटियाले गरेकी छिन्।











