अप्पर र लोवर सोनादा ग्राम पञ्चायतद्वारा सोनादा बजारको मिठाई दोकानहरूमा रेड

IMG-20240923-WA0275

सोनादा: अप्पर सोनादा ग्राम पञ्चायत र लोवर सोनादा ग्राम पञ्चायतको संयुक्त पहलमा सोनादा बजार क्षेत्रमा रहेको मिठाई दोकानहरूमा रेड गरिएको छ। दशैंको मुखैमा दोकानहरूमा राखिएको मिठाईहरू र अन्य सामानहरू सठीक रुपमा छ छैन साथै मिठाईहरूको डेट र स्वास्थ्य सुरक्षा सम्बन्धित विषयहरूमा रेड साथै निरीक्षण गरिएको छ। उक्त रेड गर्ने कार्यमा अप्पर सोनादा ग्राम पञ्चायतको पञ्चायत प्रधान दावा तामाङ, उप प्रधान हेमन्त गुरुङ, सन्ध्या शेर्पा, अनिल तामाङ, रोनिता थापा अनि लोवर सोनादा ग्राम पञ्चायतको पञ्चायत प्रधान बैजन्ती तामाङ, उप प्रधान थिलेन लामा, छिरिङ शेर्पा, साजु तामाङ, आरती राई, निमा तामाङ, सुखे खण्डको स्वास्थ्य विभागको कर्माध्यक्ष बबिन्द्र राई आदि उपस्थित रहेका थिए। विशेष गरी दशैंको मुखैमा सोनादा क्षेत्रमा रहेका मिठाई दोकानहरूमा यसरी अचानक रेड गरिएको र बासी मिठाई, डेट सकिएको र हाईजेनिक पाइएको दोकानहरूलाई नोटिस पठाइने भएको छ। यसको साथै आवश्यक परेको खण्डमा लाईसेन्स पनि रध्द हुनसक्ने सम्भावना रहेको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement