कालचिनी: जयगाउँ थानाको पुलिसबलले दलसिंहपाड़ा पासाखा रोड एसियन हाईवे ४८ संलग्न नाकामा जाँचको क्रममा एउटा वाहन रोकेर तलासी चलाउँदा वाहनबाट १४४०० वटा नशालु ट्याबलेट र १९९ बोतल अवैद्य कफ सीरपसहित संलिप्त तीनजना युवक मदारीहाट निवासी राकेश रोय ४५, कालचिनी डिमा निवासी मनोज थापा ४० र हेम थापालाई पक्राउ गर्न सफल भएको जयगाउँ थाना स्रोतले जनाएका छन्। पक्रा परेका तीनजना आरोपीलाई एनडीपीएस एक्टअन्तर्गत आज जलपाईगढी जिल्ला अदालतमा पठाएको पुलिस स्रोतले जनाएका छन्। पुलिस स्रोतले बताएअनुसार नियमित नाका जाँच चलाइरहेको र अवैद्य नशालु ड्रग्स कारोबारमाथि कड़ा नजर राख्दै आइरहेको क्रममा गोप्य सूचनाको आधारमा वाहन जाँच गर्न क्रममा भारी मात्रामा अवैद्य नशालु ट्याबलेट र कफ सीरप जफत गर्नको साथै यसमा संलिप्त तीनजना आरोपीलाई पक्राउ गर्न सफल भएको र यो कारवाई निरन्तर जारी रहने जनाएका छन्।