कोचबिहार: आरजी कर घटनाको विरोधमा सोमबार दिउँसो कोचबिहार जिल्लाको हल्दीबारीमा भाजपाले आह्वान गरेको विरोध जुलुसमा प्रदेश अध्यक्ष डा सुकान्त मजुमदार पनि सहभागी भए। जुलुस हल्दिबारी बस स्टेन्डबाट शुरु भयो। भाजपा प्रदेश अध्यक्ष तथा केन्द्रीय शिक्षा राज्यमन्त्री डा सुकान्त मजुमदारसहित धेरै भाजपा कार्यकर्ताहरू विरोध जुलुसमा सामेल भए। उनीसँग भाजपाको जलपाईगढी जिल्ला अध्यक्ष बापी गोस्वामी, महिला मोर्चा जिल्ला अध्यक्ष दीपा बानिक, जलपाईगढी सांसद डा जयन्त कुमार राय, डबग्राम-फुलबारी विधायक शिखा च्याटर्जी, फालाकाटाका विधायक दीपक बर्मन र अन्य थिए।