सूर्यसेन कोलोनीमा ट्युबवेल जडान गरिने, मेयरले गरे शिलान्यास

IMG-20240923-WA0228

 सिलगढी: सिलगढी नगरनिगम क्षेत्रमा पानीको अभाव पूरा गर्न गहिरो ट्युबवेल जडान गरिनेछ। पिउने पानीको संकट समाधान गर्न सोमबार सिलगढी नगरपालिकाको वार्ड नम्बर ३३ को सूर्यसेन कालोनी ब्लक डीमा ट्युबवेल जडान गरिने भएको छ। यसका लागि सिलगढी नगरपालिकाले ५० लाख रुपियाँ विनियोजन गरेको छ। जनस्वास्थ्य प्राविधिक विभागको सहयोगमा यो जडान गरिनेछ। ट्युबवेल जडान आयोजनाको आज औपचारिक शिलान्यास गरिएको छ। मेयर गौतम देव र नगरपालिकाका अध्यक्ष प्रतुल चक्रवर्तीले आयोजनाको शिलान्यास गरेका हुन्। यो गहिरो ट्युबवेल प्रतिस्थापनले वार्ड न०  ३४ र वार्ड न० ३३ का बासिन्दालाई पनि उत्तिकै फाइदा हुने मेयर गौतम देवले बताए।

About Author

Advertisement