नेप इण्डिया फाउण्डेशन दार्जीलिङद्वारा घूम रेलवे स्टेशन क्षेत्रमा सफाई अभियान

WhatsApp-Image-2024-09-23-at-10.22.05

दार्जीलिङ: दार्जीलिङ शहरको मूलद्वार घूम रेलवे स्टेशन एसिया महादेशमा सबैभन्दा अग्लो स्थानमा रहेको रेल स्टेशन हो, अनि यो विश्वको धरोहर मानिन्छ। यही घूम पहाडी क्षेत्रमा  पर्यटकीय स्थल टाइगर हिल, बतासे लुप, बौद्ध स्थल घुम मोनाष्ट्री आदि अवस्थित छl जसले यस क्षेत्रको शोभा बढाएको छ। तर खेदको कुरा, दिनहुँ मानिसहरूको घुँइचो र उनीहरूको दयनीय मानसिकताको कारण  जताततै  फालिएको फोहोर  मैलाले यो प्रसिद्ध घूम रेलवे स्टेशन परिवेश धेरै दिन अघिदेखि फोहोर रहेको हुनाले नेप इण्डिया फाउण्डेशन, दार्जीलिङको  नजरबाट लुक्न सकेन।अन्तत: नेप इण्डिया फाउण्डेशन, दार्जीलिङका अध्यक्ष नीलम तामाङ छेत्रीको अगुवाइमा २२ सेप्टेम्बरमा दार्जीलिङ शहरबाट घूम रेलवे स्टेशन पुगे सफाई अभियान कार्यक्रम चलाए। यस सफाई अभियानदेखि प्रभावित भएर कतिपय घूम बासीहरू पनि नेप इण्डिया फाउण्डेशन टोलीसित आत्मासाथ गर्दै सफाई कार्यमा सहभागी भए।

त्यसमा प्रमुख रूपमा एसपीवाईएमका युवाहरू थिए भने घूम खासमल बस्तीको पञ्चायत सदस्य फुर्बा छिरिङ्ग डुक्पा र घूम रेलवे स्टेशन मास्टर स्वंय सहभागी बने। घूम पहाडदेखि टाढा दार्जीलिङ शहरबाट आएर यसरी फाउण्डेशनका टोलीद्वारा जनचेतनामूलक सफाई कार्य गरेकोमा स्थानीय मानिसहरू धेरै प्रभावित भएl यसबाट उनीहरूलाई एउटा राम्रो शिक्षा हासिल भएको कतिले उजागर गरे।

फाउण्डेशनको टोलीमा सी बी छेत्री, श्रीमती अम्बिका थापा, श्रीमती सीमा लामा, सुश्री साङ्गे ल्हमू, श्रीमती सीता रजक र सन्तोकी सुब्बा रहेका थिए। सफाई अभियान कार्य अति प्रशंसनीय रहेको कुरा जान्नमा आएको छ तथापि स्वच्छ पर्यावरणको लागि भविष्यमा पनि धेरै यस्ता जन चेतनामूलक कार्यहरू गर्नेछौ भन्ने कुरा प्रमुख संयोजिका अम्बिका थापाले जनाएकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement