बाराहीमिजोङ आयोजक कमिटी गठन

0-e1e30432-bf0e-4a75-9260-defe073e2803

कालचिनी: अखिल भारतीय मगर संघको आयोजनामा आउँदो दिसम्बर महिनामा सम्पन्न हुने मगर जातीय पर्व बाराहीमिजोङ सांस्कृतिक समारोह कालचिनी खण्डको सेन्ट्रल डुवर्स चियाबारीमा सम्पन्न हुने तय भएको अखिल भारतीय मगर संघको पुर्व डुवर्स युवा प्रकोष्ठको सचिव शरण थापाले दिएका छन्।

आज सेन्ट्रल डुवर्स चियाबारीको हात्तीमारा डिभिजनमा सम्पन्न अखिल भारतीय मगर संघको एउटा सभा मार्फत आउँदो दिसम्बर महिनामा सम्पन्न हुने बाराहीमिजोङ सांस्कृतिक समारोहको निम्ति आयोजक कमिटीको पनि गठन गरियो। उक्त सभामा आज अखिल भारतीय मगर संघको राष्ट्रिय अध्यक्ष डा. जीवन राणालगायत महासचिव अनिल थापा, मगर भाषाविद अशोक खपांगी एवं युवा प्रकोष्ठका मेघराज थापा, भीमसेन थापा, योगेश थापा महेन्द्र थापा आदिको उपस्थिति रहेको थियो। सभामा मगर संघको गतिविधिमाथि चर्चा परिचर्चा पश्चात मगरहरुको महान सांस्कृतिक चाढ़ बाराहीमिजोङ पर्वलाई यसपाली सेन्ट्रल डुवर्स चियाबारीमा पालन गरिने तय गरिन्दै आयोजक कमिटीको गठन गरियो। आयोजक कमिटीको अध्यक्षमा प्रितम राणा र सचिवमा शरण थापालाई चयनित गर्दै अन्यान्य कार्यकारिणी सदस्यहरुको छनौट गर्ने र कार्यक्रमको तयारी गर्न अभिभारा अखिल भारतीय मगर संघको राष्ट्रिय अध्यक्ष डा. जीवन राणा र महासचिव अनिल थापाले जानकारी दिए।

About Author

Advertisement