जलपाईगढी अदालतले हत्या मुद्दामा सुनायो मृत्युदण्डको सजाय

IMG-20240923-WA0225-copy

जलपाईगढी: जलपाईगढी अदालतले हत्याको मुद्दामा एक व्यक्तिलाई मृत्युदण्डको सजाय सुनाएको छ। २७ जुलाई २०२३ को राति जलपाईगढी जिल्लाको सकवाझा १ ग्राम पञ्चायत अन्तर्गत अंगरवासा गाउँका महताब आलमको हत्या गरिएको थियो। त्यो दिन छिमेकी महताब आलमकी श्रीमतीको चिच्याएर बिहानै छिमेकी राजु इस्लाम एक्कासी ब्युँझिएपछि राजु महताब आलमको घर पुगे, जहाँ महताब आलम र उनकी श्रीमती सुतेकी थिइन्। अवस्था बुझेर राजु र छिमेकका केही व्यक्तिले उनलाई अस्पताल लगे। कारमा घाइते महताब आलमकी श्रीमतीले आफ्नो भतिजाले दिल्लीबाट केही मान्छे ल्याएर यो घटना गराएको र उनीहरू सबै हिन्दी बोल्ने गरेको बताइन्। अस्पतालमा डाक्टरले महताब आलमलाई मृत घोषित गरे र घाइते पत्नीलाई जलपाईगढी रेफर गरे। यसैबीच अंगरवासा गाउँमा बिहानै राजु साथीहरूसँग गाउँ फर्किँदै थिए। केही मानिसहरू हिन्दी बोल्दै गएको देखे। राजुलाई उनीहरु को हुन् भन्ने कुरा बुझ्न धेरै बेर लागेन।

राजुले चरम बहादुरी देखाएर नयाँ आउनेहरूको बाटो रोकिदिए। त्यसपछि चार जनालाई स्थानीयले घेरा हालेका थिए  सूचना पाएलगत्तै पुलिस घटनास्थल पुगेर सबैलाई नियन्त्रणमा लिएर हत्याको मुद्धा शुरु गरेको थियो। सोमबार जिल्ला तथा सत्र अदालतले हत्या मुद्दाका मुख्य अभियुक्त महताब आलमका भतिजा अफताब आलमलाई मृत्युदण्डको फैसला सुनाएको छ। यस सम्बन्धमा मृतक महताब आलमकी श्रीमती मौमिता दासले भनिन्, ‘आफताबले हामीलाई मन पराएनन्। मेरो श्रीमानले बहिनीलाई कलेजसम्म पढाएका थिए, त्यसपछि त्यो केटी भागेर गइन्, त्यसबेलादेखि आफताबको रिस हामीमाथि बढेको थियो।‘ यसै क्रममा मृतक महताब आलमका वकिल प्रणव ब्यानर्जीले गत शनिबार यस मुद्दामा अदालतले सुनुवाइ प्रक्रिया पूरा गरी आज फैसला गरेको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement