सिलगढी: सिलगढी मेट्रोपोलिटनको भक्तिनगर थानाको पुलिसले सिलगढीको भक्तिनगर थाना क्षेत्रको प्रणामी मन्दिर नजिकैको गोदामबाट ३० वटा टायर चोरी गरेको मामिलामा चारजनालाई पक्राउ गरेको छ। उनीहरुको साथबाट २८ वटा टायर बरामद भएको छ। पक्राउ पर्नेहरुको नाम पंकज तालुकदार, अमिरुल इस्लाम, राहुल सिकदार र अब्दुल नजरुल रहेको छ। गोदामको दैलो भत्किएको थियो, र भित्र गएर ३० वटा टायर हराएको देखे। त्यसपछि गोदाम मालिकले भक्तिनगर पुलिस चौकीमा चोरीको उजुरी दिएका थिए। उजुरीका आधारमा पुलिसले आइतबार राति भक्तिनगर पुलिस चौकीका विभिन्न क्षेत्रबाट चारजनालाई पक्राउ गरेको छ। ती टायर उनीहरूले हैदरपाडा मार्केट कम्प्लेक्सको घरमा बिक्रीका लागि राखेका थिए। पक्राउ परेकाहरुलाई सोमबार जलपाईगढी जिल्ला अदालतमा पेश गरियो।