दुर्गा पुजा कमिटीहरूलाई यसपल्ट साट्ठी हजार रुपियाँ प्रदान गरिने -मुख्यमन्त्री ममता ब्यानजीले गरिन् घोषणा

IMG_20220822_202935.jpg

राजगञ्ज: पश्चिम बंगाल राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले यस वर्ष दुर्गा पुजा कमिटीहरूलाई ६० हजार रुपियाँ प्रदान गर्ने घोषणा गरेकी छिन्। उनले कोलकाताको नेताजी इन्डोर स्टेडियममा दुर्गा पुजालाई लिएर प्रशासनिक तथा समन्वय बैठक गरिन्। यस बैठकमा तिनले प्रत्येक दुर्गा पुजा कमिटीहरूलाई ६० हजार रुपियाँ प्रदान गर्ने घोषणा गरिन्। ज्ञात रहोस पोहोर साल दुर्गा पुजा कमिटीहरूलाई ५० हजार रुपियाँ प्रदान गरिएको थियो। यस वर्ष १० हजार रुपियाँ बढाएर ६० हजार रुपियाँ दिइने घोषणा गरिन्। यसबाहेक बिजुलीमा पनि ६० प्रतिशत छुट दिने घोषणा गरेकी छन्। आज फुलबारीको पूर्व धनतलामा मुख्यमन्त्रीको भर्चुअल बैठकमा पुलिस, ब्लक प्रशासन, फुलबारी १, फुलबारी २, डाबग्राम १, डाबग्राम २ र बिन्नागढी अञ्चलका लगभग १७० वटा क्लबका सदस्यहरू उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement