ईंग्लिश प्रीमियर लीगः आर्सनलविरुद्ध अन्तिम क्षणको गोलले हार्नदेखि बाँच्ने म्यानचेष्टर सिटी

IMG-20240923-WA0159

लण्डन: ईंग्लिश प्रीमियर लीग फूटबलको हाई भोल्टेज म्याचमा गत सीजनको च्याम्पियन म्यानचेष्टर युनाइटेड हार्नदेखि बाँच्यो। म्यानचेष्टर सिटी र आर्सनलबीच आइतवार राति खेलिएको रोमाञ्चक म्याच २-२-ले ड्र रह्यो। विंगर लिआण्ड्रो ट्रोसार्डलाई मध्यान्तरको ठीक अघि विवादास्पद तरिकाले रेड कार्ड देखाइँदा आर्सनलले दोस्रो हाफको खेलमा केवल १० जना खेलाड़ीको साथ खेल्नु पऱ्यो। यति भएर पनि आर्सनल जीतको नजिक पुगिसकेको थियो तर जोन स्टोन्सको अन्तिम समयको गोलले म्यानचेष्टर सिटी म्याच बचाउन सफल भयो। आफ्नो होम ग्राउण्ड ऐतिहाद स्टेडियममा ७८ प्रतिशत पोजेशनको साथ खेल्ने सिटीबाट स्टोन्सले इञ्ज्युरी टाइमको आठौं मिनटमा गोल गरी आर्सनललाई यादगार जीत हासिल गर्नदेखि वञ्चित गरे। म्याचको दोस्रो हाफमा १० जना खेलाड़ीको साथ केवल १२.५ प्रतिशत पोजेशनको साथ खेले पनि आर्सनलले सिटीलाई कड़ा चुनौती दियो। म्याचमा सिटीको शुरुवात असल रह्यो अनि एर्लिंग हालाण्डले नवौं मिनटमा टीमलाई बढ़त दिलाए। त्यसपछि रिकार्डो कालाफिओरीले २२औं मिनटमा लामो दूरीबाट दर्शनीय गोल गरी स्कोर १-१-को बराबरीमा पुऱ्याए। मौकाको खोजमा रहने आर्सनललाई गेब्रिएल मागालहासले बढ़त दिलाए। उनले मध्यान्तर अघि इञ्ज्युरी टाइमको पहिलो मिनटमा गोल गरे।

त्यसको सात मिनटपछि ट्रोसार्डलाई रेड कार्ड देखाइयो। यस ड्र पछि सिटी ५ वटा म्याचमा १३ पोइण्ट्सको साथ प्रीमियर लीग टेबलको शीर्ष स्थानमा कायम रह्यो। यसरी चौथो स्थानमा रहने आर्सनलसँग ११ पोइण्ट्स रहेको छ। यसरी ब्राइटन र नटिंघम फरेष्टबीच खेलिएको अन्य एउटा म्याच पनि २-२-ले ड्र रह्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement