मोरङमा माछा पोखरीभित्र नाबालक मृत भेटिए

IMG-20240923-WA0078

भद्रपुर: मोरङमा माछा पोखरीभित्र एक नाबालक मृत भेटिएका छन्। जिल्लाको कटहरी गाउँपालिका-४ जुरिघाटका १ नाबालकको शव माछा पोखरीमा भेटिएको हो।
स्थानीय प्रकाश ऋषिदेवका २ वर्षीय छोरा प्रेम ऋषिदेव आइतबार पोखरीमा मृत फेला परेको मोरङ प्रहरीले जनाएको छ। घरनजिकै घनश्याम साहलगायतले संचालन गर्दै आएको माछा पोखरीमा डुबिरहेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।
खेल्ने क्रममा नाबालक पोखरीमा डुबेको हुनसक्ने आशंका गरिएको छ। घरबाट हिजो बिहान ९ बजेतिर निस्किएका नाबालक अबेरसम्म नफर्किएपछि खोजी थालिएको थियो ।पोखरीमा डुबिरहेको भेटिएपछि उद्धार गरेर उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको थियो। अस्पताल ल्याइपुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement