गान्तोक, मुख्यमन्त्री प्रेमसिंह तामाङले पूर्व मन्त्री एवं योक्सम टाशीडिङ निर्वाचन क्षेत्रका पूर्व विधायक थुटोप भोटियाको निधनमा गेहिरो दु:ख व्यक्त गरेका छन्।
मुख्यमन्त्रीले यस दु:खको घडीमा शोक सन्तप्त परिवार र आफन्तजनमा हार्दिक समवेदना व्यक्त गरेका छन्। उनले दिवंगत आत्माको चिर शान्तिको निम्ति प्रार्थना पनि गरेका छन्।

आफ्नो निर्वाचन क्षेत्र र राज्यका जनताप्रतिको उनको अटल समर्पण र सेवा सधैं स्मरणीय रहनेछ। एक दयालु नेता र प्रतिबद्ध जनसेवकको रूपमा स्वर्गीय थुटोप भोटियाको विरासतले भावी पीढीलाई सदैव प्रेरणा दिइरहनेछ’ मुख्यमन्त्रीले आज आफ्नो फेसबुक पोस्टमा लेखेका छन्।