बीटीएसएम सिक्किम च्याप्टरको बैठक

n6320080971727025956340e091cf07da5db4893963691c6abe06ada394fb5e7049f63d6a8e4b7d3f279743

गान्तोक: भारत तिब्बत सहयोग मञ्च (बीटीएसएम), सिक्किम च्याप्टरको बैठक, आज डा. एलपी शर्माको अध्यक्षतामा राजधानीको स्थानीय एक होटलमा बस्यो।
बैठकमा गत ६ सेप्टेम्बरका दिन नयॉं दिल्लीमा गौरव पुरस्कारले सम्मानित डा. शर्मालाई बीटीएसएमका सदस्यहरूले सम्मान जनाए।
उक्त पुरस्कार हाम्रो स्वाभिमान ट्रस्टले आयोजना गरेको एक विशेष कार्यक्रममा प्रदान गरियो। समाज र देशप्रति डा. शर्माको योगदानको कदर गर्दै उनलाई सम्मानित गरिएको थियो।
बीटीएसएमका उपाध्यक्ष पेमा वाङ्गदाले बैठकमा डा. शर्माको अध्यक्षता थप एक वर्षको निम्ति बढाउने प्रस्ताव राखे, जसलाई बैठकमा उपस्थित सबैले समर्थन जनाए। नयॉं अध्यक्षको उम्मेद्वारितामा सहमति बन्न समय लाग्ने भएकाले नयॉं अध्यक्ष चयन नभएसम्म डा. शर्माले नै नयॉं पदका अतिरिक्त अध्यक्ष पदको जिम्मेवारी पनि वहन गर्नुपर्ने आवश्यक महसुस गरिएको बताइएको छ।
बैठकमा आगामी १३औं तवाङ तीर्थ यात्राबारे पनि चर्चा गरियो। सदस्यहरूले यस पाली नयॉं प्रतिभागीहरूलाई प्रोत्साहित गर्नका लागि आफ्नो विगतको यात्राका अनुभवहरू साझा गरे।
आफ्नो अध्यक्षीय सम्बोधनमा डा. शर्माले समर्थनको निम्ति कृतज्ञता व्यक्त गर्दै बीटीएसएमका उद्देश्यहरूलाई अगाडि बढाउन सहयोगको महत्त्वमाथि बल दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement