नाम्ची: फोङ्गला माध्यमिक विद्यालयको प्लेटिनम जुबली समारोह शुरू भएको छ। समारोहको उद्घाटन मुख्यमन्त्रीका पूर्व राजनीतिक सचिव जेकब खालिङको विशेष उपस्थितिमा गरियो।
यस अवसरमा पूर्व मन्त्री भीम ढुङ्गेल, नामथाङका एसडीएम प्रवीण गौतम, बीडीओ रतन गुरूङ, शिक्षा विभागका संयुक्त निदेशक जीपी शर्मा तथा अन्य गणमान्य व्यक्तिहरू उपस्थित थिए।
‘भविष्य उजागर गर्न अतीतलाई पुनर्जीवित गर्दै’ थीममा आयोजना भइरहेको प्लेटिनम जुबली समारोहमा सिक्किम विश्वविद्यालयको सङ्गीत विभागका अतिथि कलाकारहरू, दार्जीलिङका अतिथि कलाकारहरू र विद्यालयका विद्यार्थीहरूले रंगारंग सांस्कृतिक कार्यक्रम प्रस्तुत गरे। यसैगरी, विभिन्न उमेर वर्गका फुटबल उत्साहीहरूमा एकतालाई बढावा दिन वेटरन र अण्डर-१४ फुटबल मैचकाे पनि आयाेजना भयाे।
समारोह आयोजन समितिका अध्यक्ष सरोज गुरूङ र विद्यालयका प्रधानाध्यापक देवेन सापकोटाले समारोहमा उपस्थित सम्पूर्णप्रति हार्दिक कृतज्ञता व्यक्त गरे।