उत्तर सिक्किमको माङ्गशिलामा ‘स्वच्छता ही सेवा’ अभियान सफलतापूर्वक आयोजित

n6319606911727025293227d01fbb9369fe79935bd5ee553e115b539e0af1df70be99a4bcef1ea9dc27c7e1

माङ्गशिला: उत्तर सिक्किमको माङ्गशिलामा ‘स्वच्छता ही सेवा’ अभियान सफलतापूर्वक आयोजन गरियो। यस अभियानमा लोकसभा सांसद इन्द्रहाङ सुब्बा मुख्य अतिथि थिए।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सांसद सुब्बाले स्वच्छता एक व्यक्तिले गर्ने काम होइन, स्वच्छ भारतप्रति प्रधानमन्त्री नरेन्द्र मोदीको भिजन अनुरूप यसलाई जन आन्दोलन बनाउनु पर्छ भनी बताए। सिक्किमले आफ्नो खुल्लामा शौच मुक्त राज्यको दर्तालाई कायम राख्न सफल बनेकोमा हर्ष व्यक्त गर्दै उनले यस उपलब्धिलाई सबैले कायम राख्न प्रयास गर्नुपर्छ भने।
उनले स्वच्छता भनेको आफ्नो वरपर सफा राख्नु मात्र होइन, तर मर्यादा, अनुशासन र सामूहिक जिम्मेवारीलाई बढावा दिने मानसिकता अपनाउन हो भनी बताए। उनले सिक्किमलाई निरन्तर स्वच्छता र दिगोपनको अग्रपंक्तिमा राख्नुपर्छ भनी आह्वान पनि गरे। सांसद सुब्बाले फोहोर प्रबन्धनमाथि बल दिॅंदै ठोस फोहोर प्रबन्धनलाई प्रत्येक नागरिकले गम्भीरताका साथ लिनुपर्छ भने।
उनले बढ्दो फोहोर चुनौतीहरूको समाधान मैला थुपार्ने ठाउॅं हुनुसक्दैन भने। यसको सट्टा प्रभावकारी फोहोर प्रबन्धनका दिगो तरिकाहरू अन्वेषण गर्नुपर्छ र फोहोर प्रबन्धनलाई हाम्रो मुख्य मुद्दा बनाउनु पर्छ भनी उनले सुझाउ पनि राखे। उनले महात्मा गॉंधीको स्वच्छतामाथि शिक्षालाई आत्मसात गर्न आह्वान गरे। उनले स्वच्छ भविष्यको दिशामा सिक्किमको यात्राको निम्ति संयुक्त प्रयास आवश्यक रहेको बताए।

About Author

Advertisement