सोमबारिया बजारदेखि सिक्ताम गाउॅं क्रसिङ पोइन्टसम्म स्वच्छता अभियान आयोजित

n6319808221727024544638695828833e062d04bb6cf243e10f5273fd4c68a7cd371fa7de0bb3460a1f2619

सोरेङ: दरामदिन बीएसीले आज ​विभिन्न संघ संस्थाहरूसॅंग मिलेर सोमबारिया बजारदेखि सिक्ताम गाउॅं क्रसिङ पोइन्टसम्म स्वच्छता अभियान आयोजन गऱ्यो। यस अभियानको अगुवाई सिक्किम राज्य ब्याङ्कमा चेयरमेन डीबी गुरूङले गरेका थिए।
अभियानमा फेमिना मिस इण्डिया सिक्किम २०२४ सहारा हाङ्गमा सुब्बा, जिल्ला पञ्चायत, पञ्चायत सभापति, पञ्चायत सदस्यहरू, दरामदिन ब्लकका बीडीओ ओङ्गदी शेर्पा आदि उपस्थित थिए।
चेयरमेन गुरूङले अभियानमा सहभागी सबैलाई स्वच्छता शपथ दिलाए। अभियानमा सहभागी बनेकी सहारा हाङ्गा सुब्बाले श्रमदानमा सहभागी बन्न पाएकोमा खुशी व्यक्त गरिन्। उनले सोरेङ जिल्ला र राज्यमा स्वच्छतालाई कायम राख्न सबैलाई एकजुट बनेर संयुक्त प्रयास गर्न आह्वान गरिन्।
स्वच्छता अभियानमा अप्पर थामबोङ ग्राम पञ्चायत, शहरी विकास विभाग, सोमबारिया बजार समिति, आङबो ब्रदर्स, अमर ज्योति क्लब, लोकल ट्याक्सी ड्राइभर्स एसोसिएशन आदि संघ संस्थाका सदस्यहरू सहभागी बनेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement