मंगन: मंगन भ्रमणमा रहेका राज्यपाल ओम प्रकास माथुरले आज पहिलो दिनको भ्रमण लाचुङको डोङक्याला हटस्थित आर्मी हेलिप्याडमा समापन भयो। यहाँ उनले लाचुङ जुम्साका पिपन दोर्जी छेवाङ लाचुङ्पा, पेमा वाङ्दी लाचुङ्पा लगायत जुम्साका कार्यकारी सदस्यहरू, सीमा सड़क संगठनका अधिकारीहरू र स्थानीय मानिसहरुसंग भेट गरे। बैठकमा स्थानीय बासिन्दाले भोग्नुपरेका चुनौतीबारेमा जानकारी गराएका थिए। उनीहरूले राष्ट्रिय राजमार्ग १० र टुङ र नागा राजमार्गको जीर्ण अवस्थाबारेमा गुनासो गरे। यसले गर्दा आर्थिक र पर्यटन क्षेत्रमा लगातार नोक्सानी भएको गुनासो राखेका थिए। जुंम्सा सदस्यहरूले भाइब्रेन्ट गाउँ कार्यक्रम र स्थानीय विकासलाई सुदृढ गर्न यसको उचित कार्यान्वयनको आवश्यकताबारे पनि माग राखे। राज्यपालले यस क्षेत्रको समग्र विकासका लागि यी पहलहरूको महत्त्वमा जोड दिँदै पूर्वाधार परियोजनाहरू र सडक निर्माण तथा आपदा पूर्वतयारी सम्बन्धी जारी चुनौतीहरूबारे बताए। उले यस समस्याहरुको समाधानका लागि सक्दो सहयोग गर्ने आश्वासन दिए।