गान्तोक: माम्ले स्वास्थ्य केन्द्रमा ब्लक स्तरीय सफाई मित्र सुरक्षा शिविर सम्पन्न भयो। यो कार्यक्रम स्वच्छता ही सेवा अभियानअन्तर्गत आयोजन गरिएको थियो। यस अवसरमा सिक्किम सरकारका शहरी विकास एवं खाद्य तथा नागरिक आपूर्ति विभागीय मन्त्री भोजराज राई मुख्य अतिथिका रुपमा उपस्थित थिए। मन्त्री राईले माम्ले ग्राम पञ्चायत एकाई, कामराङ ग्राम पञ्चायत एकाई र टिङ्ग्रिथाङ ग्राम पञ्चायत एकाईका सफाई मित्रहरुलाई डिग्निटी कार्ड हस्तान्तरण गरे। उनले आफ्नो सम्बोधनमा स्वच्छता हि सेवा र सफाई मित्र सुरक्षा शिविरको उद्देश्यबारे जानकारी दिए। उनले क्षेत्रको सर्वाङ्गीण विकासका लागि काम गर्ने आश्वासन पनि दिए। शिविरमा पञ्चायत अध्यक्ष, उपाध्यक्ष, पञ्चायत सदस्यहरू, ग्राम विकास अधिकारी र टिङ्ग्रिथाङ, माम्ले जीपीयू र कामराङ जीपीयूका कर्मचारीहरूको उपस्थिति थियो। अर्कोतिर आज सम्पन्न अर्को एक कार्यक्रममा नाम्ची नगर परिषद अध्यक्ष गणेश राईले मणिराम फालिडाँड़ा जीपीयूमा सफाई मित्र सुरक्षा शिविरमा उपस्थित भएर सफाई मित्रहरुलाई डिग्निटी कार्ड हस्तान्तरण गरे। सफाई मित्रहरुको सुक्षाका लागि विभागले लगातार रुपमा यस प्रकारको कार्यक्रम सक्रियता दिँदै आएको छ। यसक्रममा अन्य जीपीयूका सफाई मित्रको मेडिकल चेकअप पूरा गर्न दामथाङ स्वास्थ्य केन्द्र, बुमटार स्वास्थ्य केन्द्र र किताम केन्द्रमा पनि शिविर आयोजन गरियो।