गान्तोक: स्वच्छ भारत मिशनको 10औं वार्षिकोत्सवको उपलक्ष्यमा, पाकिम जिल्लाले १७ सेप्टेम्बरदेखि २ अक्टोबरसम्म तय गरिएको राष्ट्रव्यापी सरसफाई पहल, स्वच्छता ही सेवा २०२४ मा सहभागी हुने अवसर प्राप्त गरेकोमा खुशी प्रकट गरेको छ। यस वर्षको नारा, “स्वभाव स्वच्छता, संस्कार स्वच्छता” ले भारतभरि स्वच्छता प्रयासहरूमा सामूहिक कार्य र नागरिक संलग्नताको भावनालाई पुनर्जीवित गर्ने प्रयास गरेको बताइएको छ। यस अवसरमा पाकिम जिल्ला अन्तर्गत कार्यरत सफाई मित्रहरूलाई लिएर परामर्श साथै अभिनन्दन कार्यक्रम अस्पताल परिसरमा सम्पन्न भयो। यस पहलको उत्सवमा, पाकिम जिल्लामा सरसफाईको निम्ति हासिल उपलब्धिहरूका अभिन्न अटुट नायकहरू सफाईमित्रहरूको अथक प्रयासलाई स्वीकार गर्न एक परामर्श र अभिनन्दन समारोहको आयोजना गरिएको थियो। कार्यक्रममा स्थानीय, सामुदायिक नेताहरू साथै सफाई मित्राहरूको प्रतिवद्धता सर सफाई, पर्यावरण प्रतिको प्रतिवद्धताबारे पनि अवगत गराइयो। दिगो सरसफाई अभ्यास, फोहोरमैला व्यवस्थापन र सरसफाईमा जोड दिने विज्ञहरूको नेतृत्वमा परामर्श सत्र पाकिम जिल्लाका प्रमुख चिकित्सा अधिकृत डा. मदनमणि ढकालले सञ्चालन गरेका थिए। डा. सिद्धान्त बस्नेत र डा. कुलजन लामा, एमओ साथै सरसफाईमा समर्पित भावनाले खटिएकाहरूको कदर गर्दै उदाहरणीय सफामित्रहरूलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो।








