कालचिनी: मङ्गलबार कालचिनी चौपतिमा शहीद बीर बिरसा मुण्डाको शालिग स्थापना हुने भएको छ भने यसको अन्तिम तयारी भइसकेको सालिक निर्माण कमिटीको महासचिव अजय कुमार आलेले जानकारी गराएको छ। आज रातभरिसम्ममा सालिक ठढ़्याउन काम जारी रहने र मङ्गलबार बिहान १० बजे शालिगको अनावरण समारोह सम्पन्न हुने जसमा डुवर्सको विभिन्न सामाजिक, साहित्यिक संघ-संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहने बताइएको छ।
कालचिनी मोमबत्ती चौक संलग्न आदिवासी शहीद वीर बिरसा मुण्डाको सालिक समकक्षमा नै शहीद मेजर दुर्गा मल्लको पुर्णाङ्ग सालिकको उद्घाटन कार्यक्रमको साक्षी बन्न डुवर्सको धेरै ठाउँहरुबाट आमन्त्रित अतिथि साथै सर्वसमुदायका प्रतिनिधिहरुको आगमन मङ्गलबार हुने भएकोले तयारीमा सबै जुटेको सालिक निर्माण कमिटीको महासचिव अजय कुमार आलेले जानकारी दिएका छन्।









